शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको ५१ औं ह्याट्रिक पूरा

सोमबार, ०४ चैत २०७५, ०७ : ४४
सोमबार, ०४ चैत २०७५

एजेन्सी - कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार राति सानदार जित हात पारेको छ । बार्सिलोनाले रियल बेटिसलाई उसैको घरेलु मैदानमा ४–१ गोलले पराजित गर्दा मेस्सीले ५१ औं ह्याट्रिक पूरा गरे । यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १० अंकको अग्रता कायम राखेकाे छ ।

मेस्सीले १८ औं मिनेटमा करिव २० यार्डबाट फ्रिकिक गोल गर्दै टोलीलाई पहिलाे अग्रता दिलाए । उनले पहिलो हाफको इन्जुरी समयमा लुइस स्वारेजको पासमा दोस्रो गोल गरे । ६३ औं मिनेटमा स्वाारेजले एकल प्रयासमा गोल गर्दै बार्सिलोनालाई बलियो स्थितिमा ल्याए ।

खेलभर दबाब झेलेको रियल बेटिसले ८२ औं मिनेटमा एक गोल फर्काएको थियो । बेटिसका लोरेन मोरोनले गोल गरे । त्यसपछि मेस्सीले ८५ औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । मेस्सीको स्पेनिस ला लिगामा भने यो ३३ औं ह्याट्रिक हो ।

यस जितसँगै बार्सिलोनाले २८ खेलबाट ६६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५६ अंक छ । ५४ अंक बनाएको रियल म्याड्रिड तेस्रो स्थानमा छ । बार्सिलोनासँग हारेको बेटिस ३९ अंक सहित आठौं स्थानमा छ ।

ला लिगा अन्तर्गत आइतबार राति भएको अन्य खेलमा सेभिल्लाले स्पान्योललाई १–०, भिल्लारियलले रायोभालेकानोलाई ३–१ र रियल भालाडोलिडले इबरलाई २–१ गोलले हरायो । गेटाफे र भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप