शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिभिआइपी हेलिकप्टर खरिदः साढे १४ करोड अतिरिक्त व्ययभार

बिहीबार, ०५ वैशाख २०७६, ०७ : ०६
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौँ – नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकप्टर अगस्टा वेस्टल्यान्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्यवभार थपिएको छ ।

हेलिकप्टर खरिदको आर्थिक प्रस्ताव स्वीकृतिमा ढिलाइ भएकाले अतिरिक्त व्ययभार व्योहोर्नु परेको हो । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् । 

२०७४ कात्तिक ३० मा हेलिकप्टर खरिदका लागि सम्झौता भए पनि प्रतीतपत्र खोल्ने प्रयोजनका लागि राष्ट्र बैंकलाई माघ १० गते एक अर्ब ७० करोडको चेक पठाइएको थियो । तर रकम अपुग भएका कारण कारबाही अघि नबढाइएकाले २०७५ वैशाख २० मा १९ करोड १८ लाख थप गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप