बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह
काठमाडौँ – काठमाडौंँ उपत्यका लगायत देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण देखिनेक्रम रोकिएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
पछिल्लो समय काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की, मोरङ, सुनसरी लगायतका जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ ।
बर्डफ्लु पुष्टि भएपछि सरकारले हालसम्म हजारौँ कुखुरा नष्ट गरिसकेको छ भने त्यही अनुपातमा अण्डा र दाना समेत नष्ट गरेको छ । पशु सेवा विभागले हालसम्म बर्डफ्लुको सङ्क्रमणबाट नेपालमा मानिसको मृत्यु नभए पनि सर्वसाधरणलाई बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।
पशु सेवा विभागका अनुसार काठमाडौँमा ३८ हजार ९३२ कुखुरा नष्ट गरिएको छ । यस्तै दाना ११ हजार दुई सय केजी र अण्डा १० हजार २१५ वटा नष्ट गरिएको छ । हेटौडामा ४८ हजार कुखुरा नष्ट गरिएको छ भने छ हजार ८९० अण्डा र दुई हजार ९९३ केजी दाना नष्ट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास