शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी छाप किर्ते गरेको आरोपमा पूर्वसभासद पक्राउ

बिहीबार, ०५ वैशाख २०७६, १२ : ४२
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।  

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए । 

उनले नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको र उनको बारेमा थप अनुसन्धान भइरहेको जनाए । यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ । 

सभासद् भएको बेलामा उनी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए । त्यसवारे अझै उनको मुद्दा विचाराधिन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप