शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बजाज मोटरसाइकलको नयाँ शोरुम अर्घाखाँचीमा पनि

बुधबार, ११ वैशाख २०७६, १८ : ३३
बुधबार, ११ वैशाख २०७६

अर्घाखाँची– बजाज मोटरसाइकलको अधिकृत बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले अर्घाखाँचीमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । 

एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम ‘बस्याल ब्रदर्स् अटोलिङ्क’ अर्घाखाँचीको सन्धिखर्कमा संचालनमा ल्याएको हो ।

एचएच बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको कम्पनीले बताएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । 

नयाँ शोरुम शुभारम्भ गर्दै हन्सराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने, ‘देशभर हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहँदा हामी अत्यन्तै खुशी छौं । त्यसैले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।

अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप