शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीका लागि सिजीले ल्यायो फ्यान र कुलरहरु

बिहीबार, १२ वैशाख २०७६, १३ : ५५
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं– बढ्दो गर्मी मौसमलाई मध्यनजर गरि सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु हालै बजारमा ल्याएको छ ।

फ्यानहरुमा सिलिङ, टेबल, स्ट्यान्ड र अल पर्पोज फ्यानहरु रहेका छन् । सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्, यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै छ । यसमा प्रयोग गरिएको ब्लेडहरु एकदमै आकर्षक डिजाईन र रंगहरुमा रहेका छन् ।

यो फ्यान चलाउँदा आवज पनि केही नआउने भएकोले यसको माग एकदमै धेरै छ । त्यस्तै स्ट्यान्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् । यसमा अब रिमोट पनि भएकोले यसलाई सजिलै चलाउन सकिन्छ । 

एसीको आनन्द सस्तो दाममा लिन अब सिजी ले विभिन्न मोडलहरु सस्तो बजेटमा कुलरहरु पनि ल्याएको छ । यो कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरुपनि धेरै विशेषताहरु रहेका छन् । आफ्नो कोठाको साईज र मुल्यमा छानी छानी आकर्षक कुलरहरु घर खरिद गर्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप