केन्द्रीय संस्करण

रुपन्देहीमा गोली चल्यो, भारतीय नागरिक घाइते

person explore access_timeजेठ २, २०७६ chat_bubble_outline0

रुपन्देही– नेपाल भारत सिमामा पर्ने रुपन्देहीको शंकरपुर नाकामा गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो । 
हतियार कारोबारी आएको सुचनाको आधारमा प्रहरीको व्यारो टोली शंकरपुरमा पुगेको थियो । जहाँ हतियार ल्याएका भारतीय गुहार गुहार भन्दै  चिच्काएपछि भारतीय टोली नै आएर नेपाल प्रहरीमाथि नै आक्रमण गरेको थियो। 

जवाफी कारवाहीमा प्रहरीले गोली चालएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले बताएका छन् । घटनामा नेपाल प्रहरीका ३ जना घाईते भएका छन् । नेपाल  प्रहरीले उनिहरुले भाटै भाटाले हानेका एक प्रहरी अधिकृत रातोपाटीलाई बताए ।  

प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन्। प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक हुन्।  पक्राउ भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबी हुन्। प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ।  भोलि लुम्बिनीमा प्रधानमन्त्री आउने तयारी भईरहेका बेला  प्रहरी सुरक्षा  कडा पारेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...