रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु
शनिबार, ०४ जेठ २०७६, १९ : ००
रूपन्देहीको सैनामैनामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।
सैनामैना नगरपालिका –३ मा पौडी खेल्ने क्रममा सोही ठाउँका डोलबहादुर खप्तरी मगरको सैनामैनामा काली रहमा डुबेर मृत्यु भएको हो ।
यस्तै स्थानीय इङ्गोरिया खोलामा डुबेर सैनामैना ८ का अन्दाजी १६ वर्षका आशिष न्यौपानेको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार दुवै जना मामाघर आएका थिए ।