प्रदेशस्तरमा प्रधानमन्त्री रोजगार कार्यक्रम त्रिपक्षीय सम्झौता हस्ताक्षर
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना दुई दिने प्रदेशस्तरीय अन्तरक्रिया तथा प्रधानमन्त्री रोजगार कार्यक्रम त्रिपक्षीय सम्झौता हस्ताक्षर कार्यक्रम बुटवमला सुरु भएको छ ।
कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले ५ बर्षमा स्वदेशमा ५ लाख रोजगारी सिर्जना गर्ने बताएका छन् । उनले यस बर्ष शिक्षित जनशक्तिको रुपमा ५० हजारले रोजगार पाउने गरी सरकराले तयारी गरिएको भन्दै अन्य करिब ५ लाखले रोजगारी पाउने बताएका हुन् ।
प्रत्येक स्थानीय तहले अनिवार्य रुपमा स्थानीयहरुलाई रोजार सिर्जना गर्नको लागि आग्रह गर्दै मन्त्री विष्टले काम गरेको देखिने गरी कार्यसम्पादन गर्न भने ।
उनले विकासको परिक्षा सुरुवात भएको भन्दै निर्वाचित जनप्रतिनिधिहरुलाई सेवा अवधीभरमा अनिवार्य रुपमा जनताको पक्षमा काम गर्नको लागि समेत आग्रह गरे ।
कार्यक्रममा पाँच नम्बर प्रदेशका समाजिक विकासमन्त्री सुर्दशन बरालले बोल्दै सबैको साथ र सहयोग भएमा रोजगारका कार्यक्रमहरु सिर्जना गर्ने प्रशस्त बाटोहरु रहेको बताए । उनले कामलाई सानो वा ठूलो नभई आयआर्जन गर्न सक्ने कार्यमा आजैबाट लाग्नको लागि सबैलाई आग्रह गरे ।
दुई दिनसम्म चल्ने कार्यक्रमा प्रदेश ५ का १ सय ९ वटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ । उक्त कार्यक्रममा स्थानीय तह प्रमुख तथा प्रतिनिधि, नेपाल सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रदेश सरकारको बीचमा त्रिपक्षिय कार्यगत सम्झौता समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा