फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय
वासिङ्टन । व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो ।
फ्लोरिडा कारागार व्यवस्थापन विभागका अनुसार स्थानीय समय अनुसार साँझ ६.५५ बजे लङलाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक एक महिलाको हत्या गरेकामा दोषी पाइएपछि लङलाई सन् १९८५ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
अनुसन्धानका क्रममा उनले अरु सात किशोरी वा महिलाको हत्या गरेको स्वीकारेका थिए । साथै पीडितहरुलाई उनले पटकपटक बलात्कार समेत गरेको अनुसन्धानमा खुलेको थियो ।
दुई बच्चाका बाबु लङले हिंसात्मक गतिविधि सन् १९८० को दशकको शुरुमै थालेका थिए । बलात्कार र हत्या गर्दै फरार रहने गरेका उनलाई अन्ततः प्रहरीले गिरफ्तार गरेको थियो ।
लङ समेत यसै वर्ष अमेरिकामा आठ जनालाई मृत्युदण्ड दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला