मन्त्रिपरिषदका निर्णय हिमालय होटलबाट सार्वजनिक गरिने
बिहीबार, १६ जेठ २०७६, १० : ४८
काठमाडौँ । सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न नियमित रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलन यो पटक कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने भएको छ ।
सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नियमति पत्रकार सम्मेलनस्थल परिवर्तन गरेको जानकारी दिएका हुन् ।
बिहीबार अपरान्ह होटल हिमालयमा हुने पत्रकार सम्मेलनमा सुचना तथा सञ्चार मन्त्रीका साथै अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी हुनेछन् ।
नेपाल सरकारद्दारा साप्ताहिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलन आज दिउँसो ४ बजे होटल हिमालय पुल्चोक ललितपुरमा हुने सबै पत्रकार साथीहरूमा जानकारी गराईन्छ । पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिबडा र सरकारको प्रबक्ता समेत गरि दुबै मन्त्री रहने छौ।
— Gokul Prasad Baskota (@GokulPBaskota) May 30, 2019
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल