केन्द्रीय संस्करण

अफगानिस्तानमा सडक किनारा बम विस्फोट, ६ सर्वसाधारणको मृत्यु

person explore access_timeजेठ २८, २०७६ chat_bubble_outline0

कान्दाहार– अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको छ । सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गरेका छन् । 

आतङ्ककारीहरुले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको नसिरले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । बम आक्रमणमा मारिएका सबै व्यक्ति एकै परिवारका रहेको बताइएको छ । 

कान्दाहार प्रान्तको ठूलो भागमा आत्मघाती र सडक किनारमा बम राख्न सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् ।–सिन्ह्वा
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...