शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियासँग हार्‍यो पाकिस्तान

बिहीबार, ३० जेठ २०७६, १० : ०२
बिहीबार, ३० जेठ २०७६

आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत बुधबार राति भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ । साविक विजेता अस्ट्रेलियाले दिएको तीन सय आठ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि  इमाम उल हकले ५३ रन बनाए । मोहमद हाफिजले ४६, वहाव रियाजले ४५, कप्तान सरफराज अहमदले ४०, हसन अलीले ३२ र बाबर आजमले ३० रन बनाएका थिए । अस्ट्रेलियाका प्याट कुमिन्सले तीन विकेट लिए । मिचेल स्टार्क र केन रिचर्डसनले दुई दुर्ई तथा नाथन कल्टर नाइल र आरोन फिन्चले एक एक विकेट लिए ।

काउन्टी मैदानमा यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ३९ ओभरमा सवै विकेटको क्षतिमा तीन सय सात रन बनाएको थियो ।  अस्ट्रेलियाका लागि डेभिड वार्नर र एरोन फिन्चले पहिलो विकेटका लागि एक सय ४६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । वार्नरले एक सय सात रनको सतकीय पाली खेले । फिन्चले ८२ रन बनाए ।

यसैगरी सन मार्सले २३, ग्लेन म्याक्सवेल र एलेक्स केरीले समान २०, उस्मान ख्वाजाले १८ र स्टेभन स्मिथले १० रन बनाए ।  पाकिस्तानका मोहमद अमिर एक्लैले पाँच विकेट लिए ।  साहिन अप्रिदीले दुई तथा हसन अली, वाहव रियाज र मोहमद हाफिजले एक एक विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप