शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘लभ यु हमेशा’ को फर्स्टलुक

सोमबार, ०२ असार २०७६, १४ : १६
सोमबार, ०२ असार २०७६

काठमाडौं– प्रेमकथामा निर्माण भएको फिल्म लभ यु हमेशाको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । भाष्कर प्रधानको निर्देशन रहेको फिल्मको पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जन अटाएका छन् । 

६ भदौबाट देशभरका प्रदर्शनमा आउने फिल्म धर्मा क्रिएसनको ब्यानरमा बनेको हो । यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज, रिचा र फिजाका साथमा शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङका कलाकारले अभिनय गरेका छन् ।

भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिदैछ । निर्देशक भास्करकै कथा, शिव ढकालको छायाँकन, एनवि महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप