अज्ञात समूहले सिडिओलाई फोन गरेर शंकास्पद वस्तु राखिएको सूचना दिएपछि...
सोमबार, ०९ असार २०७६, २२ : ५१
झापा-जिल्लाको भद्रपुर नगरपालिकाको कार्यालयभित्र शंकास्पद वस्तु भेटिएको छ । नगरपालिकाको मेयरको कार्य कक्ष चढने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कालो व्याग भित्र के छ भन्रे अवस्था छैन, प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेपछि बजार जाने सडक प्रहरीले अवरुद्ध गरेको छ ।
साँझ ८ बजे अज्ञात समूहले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई फोन गरेर नगरपालिका कार्यालयमा शंकास्पद वस्तु राखिएको जानकारी दिएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो । अहिले प्रहरी टोली घटनास्थल पुगेको छ ।