केन्द्रीय संस्करण
भाषा

'झर्रोवाद भन्दैमा हामीले संस्कृतलाई छोड्ने भन्ने त होइन नि'

नेपाली बोल्दा अङ्ग्रेजी मिसाउने दास प्रवृत्ति ममा छैन : तारानाथ शर्मा

person explore access_timeअसार २७, २०७६ chat_bubble_outline0
मोहन दाहाल

रातोपाटी

तारानाथ शर्माको जन्म इलामको बरबोटेमा १९९१ असार ९ गते भएको हो । उनी प्रजापति उपाध्याय (भण्डारी) र देविकाका जेठा सुपुत्र हुन् । गुरु बोधनारायण घिमिरेले उनलाई अक्षर चिनाएका थिए । अक्षर चिनिसकेपछि उनले रुद्री, चण्डी, वेद, अमरकोश र ज्योतिषसम्बन्धी अध्ययन गरेका थिए । त्यसपछि शर्माले फिक्कलमा अवस्थित तत्कालीन चन्द्र–मोहन मिडिल स्कुलमा एकैचोटि तीन कक्षादेखि अङ्ग्रेजी पढ्न थालेका हुन् । ६ कक्षासम्म पहिलो हुँदै फिक्कलमा औपचारिक अध्ययन गरेका उनले त्यसपछि दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुलमा भर्ना भई जिल्ला प्रथम हुँदै १२ कक्षासम्म अध्ययन गरेका थिए । दार्जिलिङमा पनि बीएको अध्ययन हुन्थ्यो तर त्यहाँ विशिष्ट विद्वान, साहित्यकार तथा राजनीतिज्ञहरुको आउजाउ कम हुने भएकाले उनी वनारस जाने निर्णय गरे ।

वनारसमा उनको भेट बालकृष्ण पोखरेलसँग भएको थियो । वनारसमा स्नातक तहको अध्ययन पूरा गरेपछि उनी अध्ययनका लागि बेलायत गए । बेलायतमा उनले ‘दोस्रो भाषाका रूपमा अङ्ग्रेजी’ (इङ्लिस एज अ सेकेन्ड ल्याङ्वेज) अध्ययन गरे । यही विषयमा उनले अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि प्राप्त गरे ।

सार्वजनिक साहित्यिक यात्रालाई हेर्दा तारानाथ शर्माको पहिलो सिर्जना निबन्ध हो । २००८ सालमा दार्जिलिङबाट प्रकाशन हुने ‘साथी’ साप्ताहिक पत्रिकामा उनको ‘इलाम’ शीर्षकमा निबन्ध छापिएको थियो । खर्साङमा रहँदा ‘आह्वान’ नामको हस्तलिखित पत्रिका प्रकाशन गरेका उनको पहिलो पुस्तक भने ‘नमस्ते’ निबन्ध सङ्ग्रह (२०१८) हो ।

उनका समालोचनाहरूमा घोत्ल्याइँहरू, भानुभक्तदेखि तेस्रो आयासम्म, सम र समका कृति आदि हुन् । यसका अतिरिक्त नेपाली साहित्यको इतिहास, नेपाली साहित्यको ऐतिहासिक परिचय छन् । निबन्धहरूमा सुम्पन ल्याएँ, नमस्ते,  जमर्काहरू, श्रद्धाका सुमन, बेलाइततिर बरालिँदा, पाताल प्रवास, जीवनका छाल लगायत छन् । उपन्यासहरूमा सुली, मेरो कथा, ओझेल पर्दा, झझल्को, नेपालदेखि अमेरिकासम्म र पश्चिमका केही महान साहित्यकार लगायत करिब १३६ वटा पुस्तक प्रकाशित छन् ।

शर्माले प्राप्त गरेका उल्लेखनीय पुरस्कारहरुमा ‘बेलाइततिर बरालिँदा’का लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए । निबन्ध सङ्ग्रहमा मदन पुरस्कार पाउने यो पहिलो कृति हो । यसैगरी उनले ‘सम र समका कृति’का लागि साझा पुरस्कार २०२९, रत्नश्री स्वर्णपदक २०२३, सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार २०३९, लगायत थुप्रै पुरस्कार र सम्मान हात पारेका छन् ।

तारानाथ शर्मा, बालकृष्ण पोखरेललगायत मिलेर झर्रोवादी आन्दोलनको बिजारोपण गरेका थिए । उनी नौलो पाइलो २०१३ मार्फत झर्रो लेखनमा होमिएर प्रचार प्रसारमा लागेका थिए । झर्रोवादी आन्दोलनका प्रमुख हस्तीहरुमा बालकृष्ण पोखरेल, तारानाथ शर्मा, कोषराज रेग्मी, बल्लभमणि दाहाल र चूडामणि रेग्मी हुन् ।  यिनै तारानाथ शर्मासँग झर्रोवादी लेखनसँग सम्बन्धित भएर मोहन दाहालले गरेको कुराकानी :

आजभोलिको दैनिकी कसरी वितिरहेको छ, के कार्यमा व्यस्त हुनुहुन्छ ?

म अहिले कुनै कार्यमा व्यस्त छुइनँ । घरमै पढेर बसिरहेको छु । अब अहिले बुढो पनि भएँ । नोकरी पनि छैन, छुटेको छ । बेलाबेला विभिन्न साहित्यिक कार्यक्रममा बोलाउँछन्, जाने गरेको छु । काम चाहिँ केही छैन, पत्रिका चाहिँ पढ्छु । अहिले केही पनि लेख्दैछुइनँ । योभन्दा अगाडि नेपाली साहित्यको इतिहास लेख्दैथिएँ । त्यो सकिहालेँ, अहिले केही गरिरहेको छैन । मलाई त यो बुढेसकालले पो वितायो त हौ । ८६ वर्ष पुगेँ, ८६ वर्षको मान्छेले त्यसै सक्रिय हुन पनि सकिँदो रहेनछ । निद्रा लागिरहन्छ । यहाँ तपाईंहरु नआउनुभएको भए म सुतिसकेको हुनेथिएँ । सुत्यो फेरि उठ्यो चियासिया खायो, पत्रपत्रिका पढ्यो, अरू केही नयाँ किताब आए भने पढ्योे फेरि सुत्यो । यस्तै छ दैनिकी ।

***

बनारस गएँ भने यतिबेला नेपालीका धेरै विद्वानहरुसँग भेट होला भन्ने लाग्यो । बालकृष्ण सम पनि त्यहीँ गएका, लेखनाथ पनि त्यहीँ गएका लक्ष्मीप्रसाद देवकोटा पनि त्यहीँ गएका । सप्पै ठुल्ठुला मान्छे त्यहीँ गएका रहेछन् । देशभरिका सबै मान्छेहरु त्यहाँ आउँछन् । राजनीतिक चेत भएका विश्वेश्वरप्रसाद कोइरालाहरु सबैले त्यहीँ पढेका हुन् भन्ने लाग्यो र अब बनारस जान्छु भनेर बनारस गएँ । 

****

नेपाली भाषा साहित्यमा जीवनको ऊर्जाशील समय नै सिध्याउनु भयो, आफैैलाई गर्व महसुस हुने कार्य के–के गरेजस्तो लाग्छ ?

त्यसरी गर्व गर्नेभन्दा पनि मैले गरेको चाहिँ यो हो, यो गर्नुपथ्र्यो भन्ने लाग्छ । नेपाली भाषामा योभन्दा शुद्ध भाषा सबैले जानून् भन्ने लाग्छ । जस्तो; अहिलेका एउटा कुनै प्रखर विद्वानलाई केही लेख्न लगायो भने उसले अशुद्ध लेखिहाल्छ । यस्तो विद्वानले पनि अशुद्ध लेखेको भन्ने हुन्छ । उसलाई झ्वाट्ट भन्न पनि भएन । त्यस्तो अवस्था छ अहिले । त्यही भाषाको चिन्ता लागिरहेको छ । उनीहरुले बोलेर कुनै गल्ती गरे भने नराम्रो लाग्छ ।

एउटा भाषाले अर्को भाषालाई दबाएको पनि मलाई मनपर्दैन । सबैले अङ्ग्रेजी जान्नुपर्छ भन्ने छैन । अङ्ग्रेजीले पनि नेपाली भाषालाई प्रभाव पारेको छ । हिन्दीले पनि प्रभाव पारेकै छ र संस्कृतका बढ्ता शब्द प्रयोग गरेको पाइन्छ । त्यो किन गर्नु ? नेपालीका नै आफ्ना झर्रा शब्द छन्, तिनको प्रयोग गर्नुपर्छ । नेपालीकै आफ्नै झर्रा शब्दहरु प्रयोग गरौँ भन्ने मेरो ध्येय हो ।

मैले गर्व गर्ने कुरा भनेको झर्रो नेपालीको प्रयोगका सन्दर्भमा गरेका सबै कार्यहरू हुन् । नेपाली साहित्यको इतिहास, बेलायततिर बरालिँदा मेरा सम्झनलायक कृति हुन् । पाताल प्रवास लगायत १३६ वटा किताबहरु छन्, सबै भनेर साध्य छैनन् । लेखहरु पनि धेरै छन् । तीमध्ये सबै नेपाली पुस्तकमा मैले झर्रो नेपालीको प्रयोग गरेको छु ।  

तपाईं झर्रोवादी आन्दोलनको संस्थापक, यो झर्रोवादको अवधारणा कसरी आयो ?

म झार्रोवादी आन्दोलनको संस्थापक होइन । म दार्जिलिङमा पढेको । दार्जिलिङको सेन्ट जोसेस कलेजमा पढेको । त्यहाँ मेरो परिचय चाहिँ रूपनारायण सिंह, उनी वकिल र लेखक पनि हुन्, पारसमणि प्रधानसँग मेरो सङ्गत थियो । उहाँहरुसँग भेट गरिरहन्थेँ । उहाँहरुसँग मिलेर अशुद्ध नेपाली भनेर शुद्ध नेपाली पाथ्र्यौं । व्याकरणहरुको गल्ती नहोस्, लेखाइका शब्दहरु पनि राम्रा छानिऊन् भन्ने उहाँहरुको विचार थियो ।

एक दिन त्यसै बढो निरास भएर हिँड्दैथिएँ । झ्यालमुनि पारसमणि प्रधानले देखेछन् । उनको घरमा उनलाई भेट्न भनेर । उनले किन निरास भएर हिँड्याथिएँ । उनले ‘ए तारानाथ’ भनेर बोलाए । ‘त्यसरी भुइँ ताकेर के हिँडेको ? आकाश ताकेर हिँड तारनाथ । तिमीले त आकाश ताकेर हिँड्न सुहाउँछ । के गरेर तल भुइँमा हेरेर हिँडेको ?’ (हासो) भनेर भन्नुभयो । अनि हेर्नु न रूपनारायण सिंहले कसरी एकदम आकाश ताकेर हिँड्छ । एकदम सबैलाई हल्लाएका छन् । रूपनारायणभन्दा तिमी कसरी कमी हुन्छौ । भो हिँड, आकाश ताकेर हिँड तारानाथ भनेपछि कस्तो प्रेरणा जाग्यो मलाई भने । त्यस्तो मजा लाग्थ्यो मलाई । उहाँसँग मेरो  सम्बन्ध थियो, भाषासँग सम्बन्ध राखेको थिएँ ।

***

अहिलेसम्म नेपाली व्याकरण लेखनको परम्परा फोस्रो ढुटो मात्र हो : प्राडा माधवप्रसाद पोखरेल

नेपाली भाषाका भीष्मपितामह हुन् बालकृष्ण पोखरेल : चूडामणि रेग्मी

नेपाली भाषाको वर्णविन्यासमा शतप्रतिशत एकरूपता हुन सक्दैन : चूडामणि बन्धु

‘आस्थाको धरोहरमा कसैले बन्चरो हान्छ भने हरेक हृदयमा विस्फोट हुन्छ’

कुनै शासकले बन्दुक तेर्स्याएर ल्याउने कुरा होइन वर्णविन्यासमा एकरूपता : डा. बलदेव अधिकारी

***

त्यस्तो गर्दै दार्जिलिङबाट मैले प्रथम श्रेणीमा आईए पास गरेँ । त्यसपछि यसो सम्झिएँ, दार्जिलिङ नै पढेँ भने बीए त यहाँ पनि पढ्न सकिन्छ तर यहाँ मान्छै पो को आउँछन् भन्दाखेरी मेरो एरियाका इलाम, धनकुटा, ताप्लेजुङ, यस्तै यस्तै ठाउँका मान्छे मात्र आउँछन् । आसाम र सिक्किमतिरका मान्छे मात्र आउँछन् । अलिक पर्तिरका चाहिँ आउँदैनन् । कहाँ जाँदा चाहिँ ठीक होला भनेर गमेँ । बनारस गएँ भने यतिबेला नेपालीका धेरै विद्वानहरुसँग भेट होला भन्ने लाग्यो । बालकृष्ण सम पनि त्यहीँ गएका, लेखनाथ पनि त्यहीँ गएका लक्ष्मीप्रसाद देवकोटा पनि त्यहीँ गएका । सप्पै ठुल्ठुला मान्छे त्यहीँ गएका रहेछन् । देशभरिका सबै मान्छेहरु त्यहाँ आउँछन्् । राजनीतिक चेत भएका विश्वेश्वरप्रसाद कोइरालाहरु सबैले त्यहीँ पढेका हुन् भन्ने लाग्यो र अब बनारस जान्छु भनेर बनारस गएँ ।

***

उनी (बालकृष्ण पोखरेल) सँग नेपाली भाषा भनेपछि हुरुक्क हुन्छु भनेँ उनले पनि नेपाली भाषा भनेपछि हुरुक्क हुन्छु भने । तारा यसो गरौँ न भने उनले । के भने मैलै । झर्रो छेत्री भनेको सुनेको छ तिमीले ? भने । यो थापाहरुलाई चाहिँ झर्रो छेत्री भन्छन् । निख्खर, झर्रो, निक्खर क्या । त्यस्तो नेपाली विशुद्ध क्या ।

***

बनारस आउँदाखेरी अर्का एकजना पनि आएका रहेछन् । उनी पनि बीए नै पढ्न आएका । त्यहाँ बसिरहेका रहेछन् । अब यिनी पनि साहित्य र भाषा भनेपछि हुरुक्क हुने तारानाथ पनि हुरुक्क हुने । यी दुवैजना (तारानाथ शर्मा र बालकृष्ण पोखरेल) लाई भेट गराइदिने हो भने यिनीहरु भाषासाहित्यमा झगडा गर्ने थिए भन्ने योजना बनाएर भेट गराइदिए पहिलोचोटि ।

उनी (बालकृष्ण पोखरेल) सँग नेपाली भाषा भनेपछि हुरुक्क हुन्छु भनेँ उनले पनि नेपाली भाषा भनेपछि हुरुक्क हुन्छु भने । तारा यसो गरौँ न भने उनले । के भने मैलै । झर्रो छेत्री भनेको सुनेको छ तिमीले ? भने । यो थापाहरुलाई चाहिँ झर्रो छेत्री भन्छन् । निख्खर, झर्रो, निक्खर क्या । त्यस्तो नेपाली विशुद्ध क्या । पुरेत बाहुन, टपरे बाहुनहरुले चाहिँ धोती लगाएर हिँडेजस्तो भाषा के प्रयोग गर्नु, शुद्ध भाषा बनाएर अगाडि पो बढाउनुपर्छ भनेर उनले भने । कस्तो मन पर्यो भने । झगडा होला भनेको हामी त त्यहाँ गएर मित्र पो भयौँ । त्यहाँ मित्र भएको भएको भयै भयौँ ।

त्यति भनेपछि झर्रो नेपाली भनेर कसरी प्रचार गर्ने त ? भनेर भन्दा  हाम्रो एउटा साथी छ चैनपुरमा । चैनपुरबाट त्यसले चाहिँ चन्दा उठाएर पत्रिका निकाल्ने भनेर पैसा ल्याएको छ भने । त्यसपछि मिटिङ भयो । मिटिङपछि सम्पादकमा मलाई राख्ने भए । चैनपुरबाट पैसा उठाउने चाहिँ कोषराज रेग्मी, उनका भाइ चूडामणि रेग्मी र गणेश भण्डारी थिए । उनीहरुले पत्रिका निकाल्न पैसा उठाएर ल्याएका थिए बनारसमा ।

त्यतिबेला हामी त बीए पढ्थ्यौँ अनि उनीहरुले हामीलाई सम्पादक बनाए । अनि हामीले काम सुरु गर्यौँ । त्यहाँबाट झर्रोवाद सुरु भयो । झर्रोवादको प्रवर्तक भनेर मलाई त भन्नु भएन । म चाहिँ बालकृष्ण पोखरेललाई झर्रोवादको प्रवर्तक भन्छु ।

संस्थापक चार जाना कोको हुन् ?

चारजना होइन, पाँचजना हुन् । बालकृष्ण पोखरेल एक, दुई तारानाथ शर्मा, तीन कोषराज रेग्मी, चार गणेशप्रसाद भण्डारी, पाँच चूडामणि रेग्मी हुन् । हामी यिनै हौँ । झार्रोवाद भनेर हामीले काम गर्न थाल्यौँ । प्रचार प्रसार गर्यौँ । अरू धेरै पत्रिका, लेख र सङ्ग्रहहरू पनि निकाल्न थाल्यौँ । अनि यी यी पत्रिकाहरु पनि चलायौँ ।  चूडामणि रेग्मीले अझै पनि विचरा उनको घरको नाम पनि झर्रोवाद भनेर लेखिरहेका छन् । चूडामणि त अझै पनि झापामा छन् । कोषराज चाहिँ विचरा उनी पनि गए । मेरा साथी बालकृष्ण पोखरेल पनि गए । गणेश भण्डारी पनि जानुभयो । उहाँ चाहिँ मेरो दाजु पर्ने के भण्डारी भए पनि ।

‘२०१३ सालमा ‘नौलो पाइलो’ बनारसबाट होइन, चैनपुरबाट प्रकाशित पत्रिका हो’ भनेर चूडामणि रेग्मीले दाबी गर्दै आउनुभएको छ नि ?

उनले भने होला । उनले भनेर चन्दा उठाएर उनीहरुले नै ल्याएको हो । त्यसै भएर उनले आफ्नो घरलाई पनि झर्रो घर भन्छन् । उनले जेसुकै भनुन्, त्यो बालकृष्ण पोखरेलको नभएको भए, बालकृष्ण पोखरेललाई मैले सहयोग नगरेको भए, गणेश भण्डारी नभएको भए, कहाँ झर्रो आउँथ्यो ? अवधारणा बनारसमा जन्मेको हो । एकदमै । त्यो अवधारणा चाहिँ बालकृष्ण पोखरेल र मेरो हो । रकम चाहिँ चैनपुरबाट उहाँहरुले उठाएर ल्याएको हो । अनि त्यो पत्रिकामा मात्र होइन सहयोग गरेको । त्यो एउटा मात्रै पत्रिका निकाल्यौँ र हामीले ? अरू किताब पनि निकाल्यौँ । अहिलेसम्म १३६ वटा किताब त मेरा मात्रै छन् । एउटा पत्रिकामा मात्रै लेखेनौँ हामीले । तसर्थ झर्रोवादको जस चाहिँ मलाई भन्दा बालकृष्ण पोखरेललाई दिनुपर्छ । किनभने बालकृष्ण पोखरेको शब्द हो झर्रोवाद । उहाँको शब्द मैले मनपराएको हो । मनपराएपछि चाहिँ हामीले मिलेर काम गरेको हो ।

त्यतिबेला नेपाली भाषालाई हेर्ने दृष्टिकोण कस्तो थियो ?

नेपाली भाषालाई नराम्रो दृष्टिले हेर्ने अवस्था थिएन । सबैले राम्रो भन्थे, राम्रो दृष्टिले हेर्थे । बडो राम्रो गरिरहेका छन् भन्थे र नेपाली भाषा हेपिने स्थितिमा थिएन ।

झर्रो नेपालीका मूल मान्यता चाहिँ केके थिए, छन् ?

नेपालीले जस्तो बोल्छन् त्यस्तै नेपालीलाई अगाडि बढाउनु पर्ने हई । धेरै संस्कृत शब्दहरु लगाएर चाहिँ त्यसलाई अफ्ठ्यारोमा नपार्ने, हिन्दीको प्रभाव पनि धेरै हुन नदिने, हिन्दीले धेरै विगारेको छ नेपालीलाई त्यसो हुन नदिने हो । संस्कृत पढ्नेहरूले संस्कृतका धेरै शब्द प्रयोग गर्ने, हिन्दी पढेकाले हिन्दीका शब्द धेरै प्रयोग गर्ने, अङ्ग्रेजी पढेकाले अङ्ग्रेजीका शब्द बढी प्रयोग गर्ने गर्छन्, त्यसलाई रोक्ने हो । गाउँगाउँमा प्रयोग र प्रचलनमा रहेका शब्दहरु ल्याएर प्रयोग गर्ने हो । नेपाली भाषाका मौलिक शब्द मौलिक पहिचानसहित प्रयोग गर्ने हो ।

अहिले हिन्दीले भन्दा पनि अङ्ग्रेजीले थिचेजस्तो लाग्दैन ? मिसमास भाषा प्रयोग गर्छन् नि ।

गर्छन् तर मैले चाहिँ गरेको छैन । अब म त अङ्ग्रेजी पनि जान्दछु, नेपाली पनि जान्दछु । मलाई त के मतलब भयो र ? तर नेपाली बोल्दा अङ्ग्रेजी मिसाउने त्यस्तो दास प्रवृत्ति चाहिँ ममा छैन ।

***

मजाले शब्द सङ्कलन गर्यौँ । शब्द राख्यौँ, त्यसको व्याख्या गर्यौँ । त्यसै भएर झर्रोवाद एकदमै राम्ररी स्थापित भयो । तर दुःखको कुरा के हो भने बालकृष्ण पोखरेल पनि अस्ति गए, यही वर्ष हई । मेरा साथीहरुलाई पनि गए, कोषराज रेग्मी, गणेश भण्डारी गए, अहिले त अब म छु, चूडामणि रेग्मी हुनुहुन्छ । अब त्यसलाई झर्रो झर्रो भनेर कराइरहन पनि सकिँदैन ।

***

झर्रोवादका मान्यता स्थापित गराउन कति सफल हुनुभयो ?

झर्रोवादका मान्यताहरु राम्रोसँग स्थापित भइसक्यो । त्यही पत्रिकाको माध्यमबाट, विभिन्न पुस्तकहरु र अरू अरू माध्यमबाट पनि स्थापित भइसक्यो ।

शब्दकोश निर्माणका क्रममा झर्रोवादका मान्यता स्थापना गर्न केही अफ्ठ्याराहरु झेल्नुपर्योे ?

त्यस्तो केही झेल्नुपरेन । मजाले शब्द सङ्कलन गर्यौँ । शब्द राख्यौँ, त्यसको व्याख्या गर्यौँ । त्यसै भएर झर्रोवाद एकदमै राम्ररी स्थापित भयो । तर दुःखको कुरा के हो भने बालकृष्ण पोखरेल पनि अस्ति गए, यही वर्ष हई । मेरा साथीहरुलाई पनि गए, कोषराज रेग्मी, गणेश भण्डारी गए, अहिले त अब म छु, चूडामणि रेग्मी हुनुहुन्छ । अब त्यसलाई झर्रो झर्रो भनेर कराइरहन पनि सकिँदैन । तर हामीले धेरै प्रचार गरिसकेका छौँ । यो निरन्तर चलिरहन्छ ।

तारानाथ शर्मा झर्रोवादबाट डगमगाए भन्ने आरोप छ नि ? पछिल्लो चरणमा आफ्ना अडान छोड्नु भएकै हो ? शर्मा, सर्मा र पछि फेरि शर्मामै पुग्नुभएको छ ।

त्यो झर्रोसँग के मतलब भयो त्यसमा । शर्मा, सर्मा र शर्मासँग । त्यो सबै संस्कृतको विरोध गर्ने भनेर संस्कृतको बढाइ चढाइ नगरौँ भनेर पो त्यसबेला चित्त नबुझेर गरियो । संस्कृतको विरोध गरेर पनि काहीँ नेपाली भाषा अगाडि बढ्छ ? संस्कृत छोड्नु हुँदैन भनेर संस्कृतका नियम हेर्न थालियो । पहिला पहिला जोसमा त भइहाल्छ नि । मैले छोटकरी गरेर ताना शर्मा लेख्थेँ नि, तारानाथको ताना र सर्मा चाहिँ दन्त्य लेख्थेँ नि, तर बालकृष्णले क्रि गरेर ष् लाई स् गरेर कहिल्यै चलाएनन् ।

***

कसले भन्यो अनुसन्धान गरेर लेखिएको छैन भनेर । कति दुःख गरेर लेख्नेहरु छन् । अरूले गरेका कामलाई चाहिँ ठीक होइन भन्ने । जसले व्याकरण लेखेका छन् उनीहरुले एकदम ध्यान दिएर लेखेका छन् । उच्चकोटिका व्याकरणलाई अझ उच्च कोटिको बनाउँदै लैजानुपर्छ । हाम्रा माधव घिमिरेका ज्वाइँ थिए नि, तिनले पनि व्याकरण लेखेर सबै विगारे अनि हामीले करायौँ । घोर विरोध गर्नुपर्यो ।

***

पछिल्लो समय नेपाली शब्दकोशबारेमा व्यापक विरोध भयो, शब्दकोश नै परिवर्तन गर्नुपर्ने अवस्था आयो नि, त्यसबारे तपाईंको धारणा के छ ?

त्यो शब्दकोशमा हाम्रो हात पनि छैन, त्यो उनीहरुले गरेकोमा हामीलाई मतलब पनि छैन । केही कुरा बिगारे त्यहाँ तर हामीले त्यता ध्यान दिएनौँ । संस्कृतलाई चाहिँ माया गर्ने हौँ नि हामी । झर्रोवाद भन्दैमा हामीले संस्कृतलाई छोड्ने भन्ने त होइन नि । संस्कृत त जन्मैदेखि प्रयोग हुन्छ ।

वर्णविन्याससम्बन्धी तपाईंका आफ्नै मान्यता केही छन् ?

पहिले थिए तर सबै मिल्दा रेहनछन् । अर्थ मिल्दो रहेनछ क्या । म संस्कृतकै मान्यतालाई हेर्छु ।

नेपाली भाषाका व्याकरण मौलिक अनुसन्धान गरेर लेखिएकै छन्​ भन्ने भनाइहरु आइरहेका छन्, तपाईंलाई के लाग्छ ?

कसले भन्यो अनुसन्धान गरेर लेखिएको छैन भनेर । कति दुःख गरेर लेख्नेहरु छन् । अरूले गरेका कामलाई चाहिँ ठीक होइन भन्ने । जसले व्याकरण लेखेका छन् उनीहरुले एकदम ध्यान दिएर लेखेका छन् । उच्चकोटिका व्याकरणलाई अझ उच्च कोटिको बनाउँदै लैजानुपर्छ । हाम्रा माधव घिमिरेका ज्वाइँ थिए नि, तिनले पनि व्याकरण लेखेर सबै विगारे अनि हामीले करायौँ । घोर विरोध गर्नुपर्यो ।

अबको पुस्तालाई नेपाली भाषासाहित्यमा केकस्तो गर्नुपर्छ भन्ने सुझाव दिनुहुन्छ ?

नेपाली भाषालाई एकदम माया गर्नुपर्छ । शुद्धसँग लेख्नुपर्छ । भरिसक्य नेपालीमा झर्रा शब्दहरु प्रयोग गर्नुपर्छ । जनताले बुझ्ने शब्दहरु प्रयोग गर्नुपर्छ । बढी विद्वान बन्नु हुँदैन । त्यसो हुँदा मान्छेले बुझ्दैनन् । जनताले बुझ्नेखालको भाषा प्रयोग गर्नुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...