अनुपमको ८३ औं साहित्यिक शृङ्खला सम्पन्न
काठमाडौं– अनुपम सिर्जना प्रतिष्ठान नेपालको ८३ औँ साहित्यिक शृङ्खला सम्पन्न भएको छ । शनिबार एड्मार्क कलेज, कलङ्कीमा आयोजित उक्त साहित्यिक कार्यक्रमा विभिन्न साहित्यकारले आ–आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा स्रष्टाहरूले जीवन, प्रेम, समाजका विसङ्गति,देशप्रेम एवं विद्रोह चेतनालाई आ–आफ्ना सिर्जनामार्फत प्रस्तुत गरेका थिए । यसरी आफ्ना भावना साहित्यमार्फत प्रस्तु गर्नुहुनेहरुमा विनुबाबा घिमिरे, सूर्यकुमार पण्डित, विमल अधिकारी, भुवन शिवाकोटी, चूडा निर्भीक, पुरूषोत्तम अधिकारी, जितु खड्का, विनोददेव पन्त, बद्रीप्रसाद अधिकारी, प्रत्यूष खड्का, विनोद कोइराला, निर्मल पराजुली, उत्तम विचार र बासुदेव ठकुरी लगायतले थिए ।
कार्यक्रमका सभाध्यक्ष विनोददेव पन्तले वर्तमान पुस्ता संवेदनाहीन बनेको र यसमा मानवीय संवेदना भर्न साहित्यले भूमिका खेल्नुपर्ने विचार व्यक्त गरे । अनुपमले विगत ६ वर्षदेखि अनवरत रूपमा हरेक महिनाको तेस्रो शनिबार रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र