शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर कुश्वाहामाथि दुर्व्यवहार

आइतबार, २९ असार २०७६, १९ : २२
आइतबार, २९ असार २०७६

रौतहट– खेतबाट पानीको निकास बनाउने बहानामा जथाभावी बाटो कटान रोक्न जाँदा कटहरिया नगरप्रमुख सियाराम कुश्वाहालाई दुर्व्यवहार गरिएको छ । जंगलसैया गर्जाघाट सडकखण्डको जथाभावी कटान रोक्न गएका मेयर कुश्वाहा माथि स्थानिय केही मानिसले दुर्व्यवहार गरेका हुन् ।

दुर्व्यवहार गर्नेहरुमा कटहरिया १ का राजकुमार महतो, रामाज्ञा महतो, धुपलाल महतो र उनका घर परिवारका झण्डै एक दर्जन मानिस रहेको मेयर कुश्वाहाले बताए । आइतवार उनी अपरान्ह नगरक्षेत्र निरीक्षणको क्रममा जंगलसैया चौकदेखी गर्जाघाट लालबकैया नदीको पुलतर्फ जाँदै थिए ।

जंगलसैया र गर्जाघाट पुलको बीचमा रहेको मुख्य बाटोमा केही मानिस वारपार हुनेगरी कोदालोले खाल्डो खन्दै थिए ।  जीपबाट झरेर जथाभावी बाटो नखन्न आग्रह गरेपछि उक्त समूहले दुर्व्यवहार गरेको उनले बताए । 

अबिरल बर्षा र बाढीपछि कटहरिया क्षेत्रमा केही मानिसले जथाभावी बाटो खनेर दूर्घटनाको जोखिम बढाइरहेकाले त्यस्ता प्रवृत्तिका मानिसलाई कानुनी कार्वाहीको दायरामा ल्याउन कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले स्थानिय प्रशासनसँग माग गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप