शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा एसएसपी जोशीलाई एनसीसीको सम्मान

बुधबार, ०१ साउन २०७६, १४ : ०२
बुधबार, ०१ साउन २०७६

काठमाडौं– नेपाल प्रहरीका एसएसपी उमेशराज जोशीलाई क्यालिफोर्नियास्थित नेपाली कम्युनिटी सेन्टर (एनसिसी)ले आइतबार एक विशेष समारोह आयोजना गरि सम्मान गरेको छ । अमेरिका भ्रमणमा गएका एसएसपी जोशीलाई नेपाल प्रहरीमा रही देश र समाजका लागि निर्भिक रुपमा योगदान गरेवापत सम्मान गरिएको आयोजक संस्था एनसिसिका अध्यक्ष तथा हिमालयन फाउन्डेसन कर्पका संस्थापक, सफल युवा व्यावसायिक यज्ञलाल श्रेष्ठले बताए । 

नेपाल प्रहरी इन्टरपोल शाखाका प्रमुख समेत रहेका एसएसपी जोशीले नेपाली कम्युनिटीबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै यो सम्मानले आफूलाई आफ्नो कर्तव्य र दायित्वप्रति अझ जिम्मेवार बनाएको धारणा राखे । 

उनले अहिले समाज नयाँ शैलीको अपराधतर्पm उन्मुख भएकाले हरेक नागरिक सचेत हुनुपर्ने सुझाव दिए । उनले बिलासी जीवनले गर्दा अपराध बढिरहेको औल्यादै सबैले समान्य जीवनशैलीमा जोड दिनुपर्ने बताए ।
एनसिसिले निस्वार्थ रुपमा समाजको सेवा गरिरहेका व्यक्तित्वलाई हौसला स्वरुप यसप्रकारको सम्मान प्रदान गर्ने गरिएको जानकारी अध्यक्ष यज्ञलालले दिए ।

समारोहमा एनसिसिका संस्थापक अध्यक्ष उत्तम कार्की, एनसिसिका अध्यक्ष यज्ञलाल, एनसिसिका महासचिव बालकृष्ण आचार्य, लायन्स क्लव इन्टरनेशनल डिस्टिक क्यालिफोर्नियाका पूर्व डिस्टिक गर्भनर राजेन थापा, एनआरएन एनसीसी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुन्दर मल्ल, फिल्म निर्देशक नारायण पुरी, एनआरएन एनसीसी युएसएका परिश्चम क्षेत्रीय उपाध्यक्ष सर्वज्ञ वाग्लेलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप