टिजरमा यस्तो छ देखियो ‘लभ यु हमेशा’
काठमाडौं – लभस्टोरी फिल्म ‘लभ यु हमेशा’को टिजर सार्वजनिक गरिएको छ । भास्कर प्रधानको लेखन र निर्देशन रहेको टिजरमा फिल्मको मुख्य अंश समेटिएको छ ।
केही पहिले ६ भदौ रिलिज मिति बताइएको यो फिल्म सरेर भए भदौ २७ मा पुगेको छ । फिल्मको प्राबिधिक कार्य समयमा नसकिदा रिलिज मिति सार्नु परेको निर्देशक प्रधानले बताए ।
युवन गुरुङको प्रस्तुतिमा मिलन गुरुङ सह–निर्माता रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योन्जन,शिसिर राणा, गोपाल ढकाल (छन्दे),सुरज श्रेष्ठ,सौरभ श्रेष्ठ, गीता बर्मा,करुणा श्रेष्ठ,निराजन मेहता, पिटी योल्मो,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।
भासुको संगीत रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन र कमल राईको कोरियोग्राफी छ । शिब ढकालले खिचेको फिल्मको सुटिङ भारतको कालेबुङ, सिलगुडीमा गरिएको हो ।
फिल्मको एउटा गीत र केही दृश्य सिंगापुर र फिलिपिन्समा खिच्नका लागि यसै साता फिल्म युनीट फिलिपिन्स उड्दैछ । धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्मलाई रिच इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास