कविता : सरकार ! भिसा थप्दैछु
तिमीले भनेका थियौ
अब हामीले देश बनाउनुपर्छ
तन, मन, धन लगाएर
यो देशलाई स्वर्ग जस्तै बनाउनुपर्छ
सुतेकालाई उठाउनुपर्छ
नयाँ युगको बिहानी ल्याउनुपर्छ
सबै परदेशीलाई स्वदेश फर्काउँछु
अब सम्झनामा मुटु निचोरेर बाँच्नुपर्दैन
लालावाला खेलाउँदै आफ्नै आगनमा
बा, आमाको सुखदुःखमा साथ दिँदै
खुसीयाली जीवन विताउनुपर्छ
भन्दै भाषण गर्यौ तिमीले
तर
फर्की आउ भनी खबर पठाएनौँ
त्यसैले मौनतामा बाँधिएर
यसपालि पनि भिसा थप्दैछु
दस नङ्ग्रा खियाएर
दिनरात नभनी
विरानो मुलुकमा रगत पसिना बगाएर
कति बाँच्न सकिन्छ र ?
अन्तिम सास स्वदेशमा नै जाओस्
एक थुप्रो माटो स्वदेशकै बढोस्
रहर र सपनाको भारी बोकेर
आउँछु भनेर विन्तिपत्र पठाएको थिएँ
अहम् ! तिमीले न सुनेऊ न बुझेऊ
खबर पठाएनौँ
सरकार ! घरदेशको खबर के छ ?
परदेशमा म भिसा थप्दैछु
मैले सोचेको थिएँ
गाउँ रित्तियो समाज बसालौँ
पाखा, पखेरा, बनमाराले खायौ
सारा फाँडेर परिश्रमको फूल फुलाउँ
मर्दा, पर्दाको दाजुभाइ जम्मा भई
कर्मठ पाखुरा लगाएर
उन्नति, सुखशान्तिको फूल फुलाऊँ
केही खबर त पठाउ सरकार ।
गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र
सबैमा हार्दिक नमन गर्दै
देवता मानेर जपध्यान पूजा गरेँ
तन, मनमा मन्त्र पढ्दै हिँडे
मैले अर्थ बुझ्न सकिन कि ?
बुझ्न सक्ने ज्ञान भएन
त्यसैले सरकार ! देश पढ्न आउँछु भने
खबर पठाएनौँ ।
सरकार ! यसपालि पनि भिसा थाप्दैछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि