नेपाल र अफगानिस्तान भिड्दै
काठमाडौं-पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रतियोगितामा सहभागी बन्न अफगानिस्तान टोली मंगलबार नेपाल आईसकेको छ । नेपालले प्रतियोगिता अघि अफगानिस्तानसँग दुईवटा मैत्रीपूर्ण खेल समेत खेल्नेछ । नेपालले बुधबार र सुक्रबार अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अफगानिस्तान टोलीलाई संघका पदाधिकारीले त्रिभुवन विमान स्थलमै पुगेर स्वागत गरेका थिए ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा हुने प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि नेदरल्यान्ड्सका प्रशिक्षक हान एबिङले इम रानाको कप्तानीमा १४ सदस्यीय नेपाली खेलाडी टोलीको घोषणा गरिसकेका छन् । यसपटक नेपालले उपाधि चुम्ने लक्ष्य लिएको सहायक प्रशिक्षक जगदिश भट्टले बताए ।
यसअघि नेपालको पुरुष टोलीले २०७३ सालमा माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलमा कांस्य जितेको थियो । नेपालले ४१ वर्षपछि जितेको यो ऐतिहासिक पदक थियो । जुन नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)बाट मान्यताप्राप्त प्रतियोगितामा जितेको पहिलो पदक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान