मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लागुऔषधसहित एकजना पक्राउ

शनिबार, ३२ साउन २०७६, ०८ : ४५
शनिबार, ३२ साउन २०७६

रौतहट । रौतहट प्रहरीले परोहा नगरपालिकाबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्लाको परोहा नगरपालिका–९ रामपुर खाप नरकटिया सडकखण्डमा बिषेश सूचनाको आधारमा सवारी साधन तथा पैदल यात्रु चेकजाँचको उक्त मानिस उक्राउ परेका हुन ।

भारतीय नम्बर बिआर ० ५ एच ८८१२ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा बारा जिल्ला साबिक हरीहरपुर ८ र हाल सिम्रोनगढ बस्दैआएका बर्ष ६० का गोकर्ण महतो लागुऔषधसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा बोकी राखेको सेतो बोरा भित्र लागुऔषध डाइजेल्याब चारसय ९२ एम्पुल,फेनारगन चारसय ९३ एम्पुल,र मोर्फिन पाँचसय चार कके र कुल एकहजार चारसय ९९ एम्पुल नशालु सुई बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताएका छन ।

शुक्रवार बेलुकी पक्राउ महतोलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखी अनुसन्धान गरिरहेको एसपी खत्रीले जानकारी दिएका छन ।

पछिलो समय रौतहट, बारा, पर्साको सीमावर्ती क्षेत्रमा प्रतिबन्धित लागुऔषध मध्ये नशालु सुइ र ट्याबलेटको ओसार पसार बढेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप