प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आव्हान
सोमबार, ०२ भदौ २०७६, २१ : ५५
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय र दुई दलीय बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार ५ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दल र बुधबार ५ बजेका लागि सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली काँग्रेसको बैठक बोलाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाले रातोपाटीलाई जानकारी दिए ।
दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाइएको हो । यसअघि आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगले यसै साता पूर्णता दिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन