सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि उद्यमका लागि ३० युवालाई तालिम

शुक्रबार, १४ वैशाख २०८१, १७ : २६
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले उद्यमशीलता सिप तथा व्यवहारको तालिम दिँदै छ । कृषि अध्ययन गरेका युवालाई कृषिमा उद्यमी बनाउनका लागि उद्यमशीलता सिप तथा व्यवहारको तालिम दिन लागेको हो । 

संस्थानको ६ दिने तालिममा ३० जना सहभागी छन् । तालिममा विशेषगरी कृषि उद्यमशीलताका लागि कृषि क्षेत्रमा नयाँ व्यवसायको विषयमा सिकाइने संस्थानकी अनुसन्धान निर्देशक डा. हुमा न्यौपानेले बताइन् । उनले आर्थिक क्षेत्र, पहिचान बजारीकरण, उत्पादन लगायत विषयमा सिकाइने बताइन् । बुधाबारदेखि सुरु भएको सो तालिम सोमबारसम्म जारी रहने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप