शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्ज–लखनउ सिधा बस सेवा सुरु

आइतबार, २२ भदौ २०७६, २२ : ३८
आइतबार, २२ भदौ २०७६

बाँके- पहिलो पटक नेपालगञ्जबाट भारत उत्तरप्रदेशको राजधानी लखनउसम्म सिधा बस सेवा आजदेखि सञ्चालनमा आएको छ । भेरी यातायात प्रालि र उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौतापछि उक्त बस सेवा सञ्चालनमा आएको हो । 

हाललाई दैनिक दुई वातानुकूलित सुविधासहितका बस सञ्चालन गरिएको भेरी यातायातका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जदेखि लखनउसम्मको भाडादर रु ५०० तोकिएको छ ।

सिधा बस सेवाले बिरामीलगायत अन्यलाई सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले बस सेवा सञ्चालनको शुभारम्भ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप