शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो कन्फरेन्सबाटै भारतीय समकक्षीलाई प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो

मोदीले भने – गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर उद्घाटन गर्न आउन चाहन्छु
मङ्गलबार, २४ भदौ २०७६, १३ : ३५
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौँ । नेपाल र भारतबीच मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको आज दुई देशका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट स्वीच थिच्दै उद्घाटन गरेका छन् ।

भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले एकैपटक स्वीच थिच्दै पाइपलाइनको उद्घाटन गरेका हुन् ।

सोही अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको उल्लेख गरे । ‘दुई देशबीचको सम्बन्ध यति गहन छ कि सहकार्यको कुनै क्षेत्र पनि छाडिएको छैन,’ प्रधानमन्त्रीले भने ।

उनले सोही अवसरमा प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । ‘विकासको दृष्टिकोणमा भारत र मेरो विचार मिल्छ । मोदीसँग हातमा हात मिलाएर अघि बढाउन तयार छु । यही भिडियो सम्बोधन मार्फत नै मोदीलाई नेपालको भ्रमणको निम्तो दिन चाहन्छु ।’

प्रधानमन्त्री ओलीले निर्धारित समयको आधा समयमा परियोजना पुरा भएकोमा प्रशंसा गर्दै नेपाल र भारतबीच मात्र नभएर दक्षिण एशियामै यस्तो खालको पहिलो परियोजना भएको जिकिर गरे ।

उनले समय, यातायात र वायु प्रदुषण कम गर्नेमा आशा व्यक्ति गरे ।

पाइपलाइन प्रयोगमा आउना साथ नेपाल आयल नियमले डिजेल र पेट्रोल दुवैमा दुई रुपैया मुल्य घटाइसकेको जानकारी प्रधानमन्त्रीले दिए ।


‘यस परियोजनाले दुई देशबीचको सम्पर्क बढाउनेछ,’ उनको भनाई थियो ।

सो अवसरमा भूकम्पपछिको पुनरनिर्माणमा भारतले पु-याएको योगदानलाई स्मरण गर्दै  भारतको वित्तिय सहयोगमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर बनिसकेको जानकारी दिए । उनले परियोजनालाई समयमै सम्पन्न गर्ने संलग्न पक्षलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले भारत र नेपालबीच सदियौं पुरानो पारिवारिक र सास्कृतिक सम्बन्ध भएको उल्लेख गर्दै जनता जनताबीचको सम्बन्ध दुई देशबीचको द्विपक्षीय सम्बन्धको आधार भएको जिकिर गरे ।


‘पछिल्लो केही वर्षमा शीर्ष राजनीतिक तहमा अभूतपूर्व निकटता आएको छ । पछिल्लो डेड वर्षमा केपी ओली र मबीच चार पटक भेट भइसकेको छ । यो भेटघाटबाट आपसी सम्बन्ध थप बलियो भएको छ ।’

पछिल्लो पाँच वर्षमा धेरै परियोजना सम्पन्न भएको भन्दै पशुपति धर्माशाला, आईसीपी बिरगञ्ज उद्घाटन र मोतिहारी–अमलेखञ्ज पाइपलाइनका उदाहरण प्रस्तुत गरे ।

‘यो पाइपलाइनबाट एक वर्षमा २० लाख मेट्रिक टन प्रशोति पेट्रोलियम पदार्थ उपयुक्त मूल्यमा नेपालका आम नागरिकले प्राप्त गर्छन्,’ उनले भने, ‘अहिले यो परियोजना प्रयोगमा आएपछि भएको वचत रकम कटौतीको जुन काम गरेको छ । त्यसबाट यो काम नेपालका सामान्य नागरिकको भलाईको लागि भएको मान्न सकिन्छ । यसमा सहभागी हुन पाउँदा खुसी छौँ ।’

उनले गोरखा र नुवाकोटको ५० हजार घरको उद्घाटनमा सहभागी हुने चाहना व्यक्त गरेका थिए ।

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप