नेपाल नादेझ्दा कपको फाइनलमा
मङ्गलबार, २४ भदौ २०७६, १४ : ००
काठमाडौं– नेपाल किर्गिस्तानमा जारी नादेझ्दा कप महिला फुटबलको फाइनलम प्रवेश गरेको छ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा ताजकिस्तानलाई १–० गोलले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालको फाइनल यात्रामा सावित्रा भण्डारी नायक बनिन् । सावित्राले ८५औं मिनेटमा गोल गरेकी थिईन् ।
नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल खेल बिहिबार हुनेछ । चार टोली सहभागि प्रतियोगिताको पहिलो खेलमा नेपाले आयोजक किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो ।
दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलले पराजित भएको थियो । राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगितामा आजै उज्वेकिस्तान र आयोजक किर्गिस्तान अर्को खेल खेल्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप