फष्टलुकमा यस्तो देखियो फिल्म ‘सम्हाली राख है’
काठमाडौं– आरएल मोक्तानको निर्देशन रहेको फिल्म ‘सम्हाली राख है’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रचार समेत थालेको हो । फष्टलुक हेर्दा फिल्म एक्सन र रोमान्सले भरिपूर्ण रहेको अनुमान गर्न सकिन्छ । तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन्, भने श्यामकृष्ण महर्जन यसको सह निर्माता रहेका छन् ।
अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको फिल्ममा विक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ । शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् ।
निर्देशक आरएल मोक्तानकै पटकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाई हुन् । काठमाडांै, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् । फिल्म सबै नेपालीले एकपटक हेर्नु पर्ने बनेको निर्देशक मोक्तानले बताए ।
युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवारले समसामहिक विषयवस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ निर्माण भएको फिल्म कसैले उपहार दिन्छ भने त्यो सम्हालेर राख्नुपर्ने सन्देश समेत दिने निर्माता हरिकृष्ण महर्जनले बताए ।
‘नेपाली फिल्ममा अर्गानिक कथाको माग हुँदै आएको छ’ निर्माता महर्जनले भने ‘आफ्नै कथामा दर्शकका लागि राम्रो फिल्म दिन ‘सम्हाली राख है’ बनेको हो ।’ फिल्मले दर्शक निराश नपार्ने महर्जनले दाबी गरे ।
सम्पादन सकेर हाल धमाधम डबिङ भइरहेको फिल्ममा दशैं र तिहारको बीच पारेर रिलिज गर्ने योजनामा निर्माण युनिटको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोडारीलाई विश्वासको मत दिन एमाले केन्द्रको निर्देशन
-
कांग्रेसले बजेट ल्याउन नदिए संविधान अनुसार सरकार अघि बढ्छ : ठाकुर गैह्रे
-
सङ्घीयतालाई थप बलियो बनाउने गरी योजनाहरू कार्यान्वयनमा ल्याइने
-
कार्यकर्तामुखी बजेट ल्याउने पूर्वअभ्यास गरियो : महत
-
काठमाडौँ महानगरले फल्चा शैलीमा निर्माण गरेको बस बिसौनी सञ्चालनमा (तस्बिरहरू)
-
संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममा छलफल हुँदैन : कांग्रेस