सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

कांग्रेसले बजेट ल्याउन नदिए संविधान अनुसार सरकार अघि बढ्छ : ठाकुर गैह्रे

मङ्गलबार, ०१ जेठ २०८१, १७ : ५०
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले प्रमुख प्रतिपक्षी दल कांग्रेसले बजेट ल्याउन अवरोध गरे संविधानमा भएको व्यवस्था अनुसार सरकार अघि बढ्ने बताएका छन् ।

मंगलबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै गैह्रेले गृहमन्त्री रवि लामिछानेमाथि सरकार छानबिन समिति बनाउने पक्षमा नरहेको बताए । 

उनले भने,‘संसदमा तपाईँहरूले उठाएका कुराहरूको जवाफ दिन चाहन्छु भन्दा बोल्न नदिनुपर्ने कारण के छ ? धन्यवाद प्रस्ताव पास गर्न दिने नदिने, बजेट प्रस्तुत गर्न दिने नदिने ? त्यो प्रतिपक्षको विषय भयो, यदि उहाँहरूले त्यसरी चल्न दिनुभएन भने हाम्रो संविधानमा जे प्रावधान छ त्यही अनुसार सरकार अगाडि बढ्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप