कांग्रेसले बजेट ल्याउन नदिए संविधान अनुसार सरकार अघि बढ्छ : ठाकुर गैह्रे
मङ्गलबार, ०१ जेठ २०८१, १७ : ५०
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले प्रमुख प्रतिपक्षी दल कांग्रेसले बजेट ल्याउन अवरोध गरे संविधानमा भएको व्यवस्था अनुसार सरकार अघि बढ्ने बताएका छन् ।
मंगलबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै गैह्रेले गृहमन्त्री रवि लामिछानेमाथि सरकार छानबिन समिति बनाउने पक्षमा नरहेको बताए ।
उनले भने,‘संसदमा तपाईँहरूले उठाएका कुराहरूको जवाफ दिन चाहन्छु भन्दा बोल्न नदिनुपर्ने कारण के छ ? धन्यवाद प्रस्ताव पास गर्न दिने नदिने, बजेट प्रस्तुत गर्न दिने नदिने ? त्यो प्रतिपक्षको विषय भयो, यदि उहाँहरूले त्यसरी चल्न दिनुभएन भने हाम्रो संविधानमा जे प्रावधान छ त्यही अनुसार सरकार अगाडि बढ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण