नीति तथा कार्यक्रम
संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममा छलफल हुँदैन : कांग्रेस
मङ्गलबार, ०१ जेठ २०८१, १७ : ३९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल नहुने बताएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुतपछि संसद् भवन बाहिर प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कुनैपनि सरकारी प्रस्तावमाथि संसदमा छलफल नहुने बताए ।
उनले भने,‘कुनैपनि सरकारी प्रस्तावमा हामी प्रवेश गर्दैनौँ, सरकारी कार्यसूचीमा, सरकार सम्बन्धी विधेयकमा हामी प्रवेश गर्दैनौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई सम्बोधन गर्न दिनुस्, छानबिन समिति बनाउने कोसिस गर्छु प्रतिबद्धता जनाएको आधारमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका हौँ ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको र नयाँ कुरा केही नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते