कार्यकर्तामुखी बजेट ल्याउने पूर्वअभ्यास गरियो : महत
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्रामा आएको बताएका छन् ।
मंगलबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि महतले सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रणको कुरा गरेपनि सरकारमा बसेका व्यक्तिले गरेको ठगी, दुरुपयोगको ढाकछोप गरिरहेको र त्यसको कांग्रेसले विरोध गरिरहेको उल्लेख गरे ।
यो विषयलाई केहीपनि भएको छैन जस्तो गरी सरकारले बेवास्ता गरिरहेको उनले बताए । उनले भने,‘नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रणको जुन कुरा गरेको छ, त्यसको अर्थ छ जस्तो मलाई लाग्दैन । अहिले सम्पूर्ण राज्य संरचनालाई अनुशासनमा ल्याउने कुरा छोडिएको छ । हामीले बजेटलाई अनुशासनमा लान प्रयास गरिरहेका थियौँ । एकदम वितरणमुखी, कार्यकर्तामुखी बजेट ल्याउने पूर्वअभ्यास गरिएको छ ।’
नीति तथा कार्यक्रममा भन्नलाई केही पनि नछुटाएको र हुनेवाला केहीपनि नभएको उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण