चट्याङ लागेर एक जनाको बारामा मृत्यु
सोमबार, ३० भदौ २०७६, २१ : १९
रौतहट – रौतहटको सिमाना संगै जोडिएको बारा जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्यांग लागेर मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ४० का प्रभु साह तेली रहेको प्रहरी प्रवक्ता डिएसपी रंजित सिह राठौरले जानकारी दिए ।
सोमवार बेलुका आफनै उखुबारीमा पंम्पीसेटबाट पानी पटाउन गएको बेला चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यसैगरी चटयाङ लागेर आर्दश कोतवाल गाँउपालिका वडा नमबर ४ कोइलीडिलका बिजय यादव घाइते भएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए ।
मृतक साहको शव परिक्षणका लागि जिल्ला अस्पताल कलैयामा ल्याएको र घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण