साग पौडी टोली भारत प्रस्थान
काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नेपाली पौडी खेलाडीले १०औं एसियाली उमेरसमूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता भारतको बैंगलोरमा सेप्टेम्बर २४ देखि अक्टोबर २ तारिखसम्म हुनेछ । नेपाली टोली आइतबार बैंगलोर प्रस्थान गरेको छ ।
खेलाडीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, गौरव लामा, सागर नायक, तेन्जिङ गुरुङ, नासिर हुसैन, उर्गेन महर्जन, जेविस पौडेल, शुभम् श्रेष्ठ, वेदज्ञराज जोशी, एर्भिन श्रेष्ठ, आदर्श कार्की, मोहित शाक्य, सोफिया शाह, टीसा शाक्य, अदिप्शा वैद्य, अनुष्का पोखरेल, युस्का महर्जन, अनुसिया तण्डुकार, श्रेवी महर्जन, उपास्ती महर्जन, दिया स्थापित, आज्मी शेरचन, डुवाना लामा, शिक्षा श्रेष्ठ, लुमना शाक्य र समिरा शोभा थापा रहेका छन् ।
टोली नेतामा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, व्यवस्थापकमा सागर शाक्य र दीपकसागर सिंह, प्रशिक्षकमा रत्नलाल महर्जन र नयना शाक्य छन् । निर्णायकमा विजेन श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ, वैकुण्ठ प्रधान र विष्णु खड्का छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दस्ताबेज पारित गर्दै एकीकृत समाजवादीको बैठक सम्पन्न
-
बागमती विश्वविद्यालयको संरक्षक समितिमा दुई सदस्य नियुक्त
-
युवा संघ नेपालले १५ बुँदा माग राख्दै बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाहीमा
-
निजी क्षेत्र कस्तो चाहन्छ आगामी वर्षको बजेट ?
-
बागमतीमा बढ्यो मन्त्रालयकाे सङ्ख्या, आलेकाे तोकियाे जिम्मेवारी