स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
बुधबार, ०२ जेठ २०८१, २० : २६
स्लोभाकिया । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।
घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको छ । प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ ।
गोलीबारीपछि केही व्यक्ति शंकास्पदलाई पक्रन दौडिरहेको भिडियोमा देख्न सकिन्छ । बीबीसीले यो भिडियो पुष्टि गर्न सकेको छैन।
स्लोभाकियाकी राष्ट्रपति जुजाना चापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताइन् । यस सम्बन्धमा थप जानकारी आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण