सरकारमै बसेर संविधानको विरोध गर्नु निर्लज्जता : गगन थापा
जनकपुर– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् ।
मङ्लवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले प्रदेश नम्बर २ को सरकारतर्फ संकेत गर्दै यस्तो बताएका हुन् । उनले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको बताए ।
उनले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर संघीय सरकारबाट हटेर देखाउन चेतावनी दिए । अहिलेको संविधानमा केही कमिकमजोरी रहेपनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि काँग्रेस लागि पर्ने बताए ।
त्यस्तै उनले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड समेतले मुलुक र व्यवस्था खतरामा रहेको भन्नू लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्न आतुर रहेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीको ईमान्दारिता र योग्यतामाथि प्रश्न उठाउदै उनले मुलुकलाई कम्बोडियाको हुन्सन मोडालिटिमा लैजान लागेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण