देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
सारांश
- देशका प्रमुख ठुला नदीहरूको बहाव सामान्य रहे पनि विभिन्न जिल्ला भई बहने ससाना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम देखिएको छ ।
- जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनसम्म साना नदी र खोल्साखोल्सीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
- महाशाखाले नदी तटीय क्षेत्र र साना खोला आसपास बस्ने बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
काठमाडौँ । देशका प्रमुख ठुला नदीहरूको बहाव सामान्य रहे पनि विभिन्न जिल्ला भई बहने ससाना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको जोखिम देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ । यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य छ ।

ठुला नदीमा तत्काल ठुलो जोखिम नदेखिए पनि ससाना नदी र खोल्साखोल्सीमा भने आगामी तीन दिनसम्म बहाव उल्लेख्य बढ्ने सम्भावना छ । महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर भई बहने ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ । यस्तै धादिङ, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्लाका नदीमा पनि पानीको सतह बढ्ने चेतावनी दिइएको छ ।
बाढीको यो जोखिम भोलि र पर्सि पनि कायम रहने देखिन्छ । भोलि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने धेरैजसो ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ । सोही दिन कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही नदीमा बाढी आउन सक्ने अनुमान छ ।
यसैगरी पर्सि पनि कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरैजसो ससाना नदी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही नदीमा बहाव आकस्मिक रूपमा बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्र र ससाना खोला आसपास बस्ने बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण