मुख्यमन्त्रीहरु प्रधानमन्त्रीका बिग्रिएका फोटोकपी हुन् : गगन थापा
पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य गगन थापाले मुख्य मन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी भएको आरोप लगाएका छन्।
बिहिबार नेपाली कांग्रेस जुम्लाले आयोजना गरेको वृहत् आमसभामा बोल्दै थापाले उक्त आरोप लगाएका हुन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री थापाले केपी शर्मा ओलीलार्इ संघियता असफल बनाउनेतर्फ लागेको पनि आरोप लगाएका थिए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई संघिएता खारेज हुने हो कि भन्ने कत्ति पनि चिन्ता छैन । वर्तमान सरकारका प्रधानमन्त्रीलाई संघीयता कत्ति पनि चित्त बुझेको छैन । संघीयता तलमाथि भयो भने प्रदेश नंबर ३ र कर्णाली प्रदेशले अधिकार गुमाउँछ । देशको अबिभाबक जस्तो प्रधानमन्त्रीले संघीयताको चिन्ता नगर्ने झन् मुख्यमन्त्री त प्रधानमन्त्रीका टोकपी हुन् उनलाइ के चिन्ता ?’
थापाले नारणहीटीमा राजारानीलाई बस्न नदिएर सितल निवासमा महारानी राख्नकानिम्ति गणतन्त्र नल्याएको बताए । लोकतन्त्र नमान्ने गणतन्त्र ठिक ठाउँमा राख्न नसक्ने र संघीयता जोगाउन नसक्ने बेइमानी काम गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण