दसैँघरमा फूलपाती भित्र्याइयो (फोटो/भिडियो)
वडादसैँको सातौँ दिन काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ ।
गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौँको दसैँ घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो । त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरि भित्र्याएका थिए भने नेपाली सेनाको टुकडीले तोप पड्काएर वर्षबढाई गरेका थिए ।
परापूर्वकाल देखिनै काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउन गरिन्छ । यसको महत्व र चर्चा पनि बेग्लै छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हासिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फुलपाती ल्याउने प्रचलन सुरु भएको हो । गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दसैघरका पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका ६ जनाले सो फूलपाती ल्याउने प्रचलन छ ।
शनिबार नै काडमाडौँको सैनिक मंच टुँडिखेलमा फुलपातीको हर्षबढाई गरिएको छ ।

काठमाडौंको बसन्तपुरस्थित दसैंघरमा बडा दसैंको सातौं दिन फुलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाई गरिएको हो । समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाले बढाईका विभिन्न कौशल प्रर्दशन गरेको थियो भने नेपाली सेनाको हेलिकप्टरद्वारा पुष्प वृष्टि तथा तोप बढाई पनि गरिएको थियो ।
नेपाली सेनाले दसैँको फुलपातीको दिन हरेक वर्ष एक विशेष समारोहका बीच फुलपातीको हर्ष बढाइ गर्दछ । यसै अवसरमा जमरा राखिएका घरहरुमा पनि विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण