आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

राजनीतिमा नैतिकताको संकट देखियो : रामचन्द्र पौडेल

बुधबार, २९ असोज २०७६, १८ : ४१
बुधबार, २९ असोज २०७६

काठमाडौं– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको संकट देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएको नैतिक संकटलगायतका विकृति र विसंगतिलाई अन्त्य गर्न राजनीतिलाई सैद्धान्तिक बहसको बाटोबाट अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

सत्तारुढ नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि पनि सिद्धान्त र निष्ठाको राजनीतिलाई जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि राजनीतिक दलहरुले निष्ठाको राजनीतिलाई अघि बढाउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले लोकतन्त्रमा दलहरुबीच फरक मत भएपनि मुलुकलाई अघि बढाउने विषयमा साझा धारणा बनाएर अघि बढनुपर्ने स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप