ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
काठमाडाैँ । ब्राजिल र मोरक्कोको सुरुवाती ११ सार्वजनिक भएको छ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को यो खेल केही बेरमा सुरु हुँदैछ, जहाँ दुवै टोली ४–२–३–१ को फर्मेसनमा मैदान उत्रिँदै छन् ।
साम्बा टोली ब्राजिलको सुरुवाती ११ मा स्टार खेलाडी नेयमार जुनियर समावेश छैनन् । ब्राजिलको गोलपोस्ट एलिसन बेकरले सम्हाल्नेछन् भने रक्षापङ्क्तिमा मार्किन्होस, गाब्रियल मगलहाएस, इबानेज र सान्तोस रहेका छन् । मिडफिल्डको कमान अनुभवी कासेमिरो र ब्रुनो गुइमाराएसले सम्हाल्नेछन्। आक्रमणलाई धारिलो बनाउन विंगरमा भिनिसियस जुनियर र राफिन्हा छन् भने लुकास पाक्वेटाले अट्याकिङ मिडफिल्डको भूमिका निभाउनेछन् । नेयमारको अनुपस्थितिमा इगोर थियागोलाई मुख्य स्ट्राइकरका रूपमा मैदान उतारिएको छ।
अर्कोतर्फ, अफ्रिकी राष्ट्र मोरक्कोले पनि निकै बलियो टोली मैदान उतारेको छ। टोलीको गोलरक्षकमा अनुभवी यासिन बोनो छन् भने रक्षापङ्क्तिमा विश्व चर्चित अश्राफ हाकिमीसँगै डियोप, रियाद र माज्राउई रहेका छन् । मिडफिल्डमा ओउनाही र आयनाउईले खेल नियन्त्रण गर्नेछन् भने अग्रपङ्क्तिमा ब्राहिम डियाज, खान्नुस र बुआद्दीले ब्राजिली डिफेन्डरहरूलाई चुनौती दिनेछन्। मोरक्कोले इस्माइल साइबारीलाई मुख्य फरवार्डको रूपमा अघि सारेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण