आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
बराबरीमा रोकियो ब्राजिल
फिपा विश्वकप २०२६

LIVE UPDATES : बराबरीमा रोकियो ब्राजिल

आइतबार, ३१ जेठ २०८३, ०४ : ३०

काठमाडौँ ।  न्यूयोर्क न्यु जर्सी स्टेडियममा आइतबार बिहान भएको विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ। न्यूयोर्क न्यु जर्सी स्टेडियममा आइतबार बिहान भएको विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टोलीले पहिलो हाफमै गोल गरेका थिए ।

२४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिलले खेलको सुरुवातमै झड्का व्यहोरेको थियो । २१ औँ मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गोल गर्दै अफ्रिकी टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, ब्राजिलले खेलमा फर्कन धेरै समय लगाएन । ३२ औँ मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याए ।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दै थप गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेनन् । नेयमारको अनुपस्थितिमा भिनिसियसले आक्रमणको नेतृत्व सम्हाले पनि ब्राजिलले मोरक्कोको बलियो घेरा तोड्न सकेन ।

भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा

काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका छन् । आइतबार बिहान जारी खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरिरहेका छन् ।

२४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिल खेलको २१ औँ मिनेटमै स्तब्ध बनेको थियो । अफ्रिकी पावरहाउस मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । कतार विश्वकपको सेमिफाइनलिस्ट मोरक्कोले खेलको सुरुवाती समयदेखि नै ब्राजिली रक्षापङ्क्तिमाथि कडा दबाब बनाएको थियो ।

सुरुवातमै एक गोलले पछि परेपछि दबाबमा देखिएको ब्राजिलका लागि स्टार स्ट्राइकर भिनिसियस जुनियर संकटमोचक बने । खेलको ३२ औँ मिनेटमा भिनिसियसले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याए । चोटका कारण मैदान बाहिर रहेका नेयमारको अनुपस्थितिमा टोलीको मुख्य आक्रमण सम्हालिरहेका भिनिसियसले गोल गरेपछि साम्बा टोली खेलमा फर्किएको हो ।

भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन

काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा ब्राजिलले मोरक्कोविरुद्ध गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको छ ।

खेलको ३२ औँ मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १–१ को बराबरी स्थितिमा पुर्‍याएका हुन् । २१ औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत मोरक्कोले सुरुवाती अग्रता लिए पनि ब्राजिलले १० मिनेटभित्रै खेलमा पुनरागमन गर्न सफल भयो ।

ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल

काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा मोरक्कोले ब्राजिलविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

खेलको २१ औँ मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गोल गर्दै टोलीलाई १(० को अग्रता दिलाएका हुन् । 

२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल

काठमाडौँ । विश्वकप फुटबलको इतिहासकै सबैभन्दा सफल टोली ब्राजिल २४ वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने ठुलो दबाब र लक्ष्यका साथ मैदान उत्रिएको छ । आइतबार बिहान सुरु भएको विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा ब्राजिलले अफ्रिकी पावर हाउस मोरक्कोको सामना गरिरहेको छ ।

सन् २००२ मा पाँचौँ पटक विश्वकप जितेयता ब्राजिलले अर्को उपाधि उचाल्न सकेको छैन । दुई दशकभन्दा लामो यो प्रतीक्षा ब्राजिलियन फुटबल इतिहासकै एउटा कठिन मोड बनेको छ । सन् २०२२ मा विश्वको नम्बर एक टोलीका रूपमा मैदान उत्रिएर पनि क्वार्टरफाइनलबाटै बाहिरिएको ब्राजिल यस पटक फिफा वरीयताको छैटौँ स्थानमा छ । सन् १९९२ मा वरीयता सुरु भएयता विश्वकपमा सहभागी हुँदाको यो ब्राजिलको सबैभन्दा कमजोर वरीयता हो ।

चोटका कारण मुख्य स्टार नेयमार जुनियर मैदान बाहिरै रहे पनि भिनिसियस जुनियर र राफिन्हा जस्ता युवा प्रतिभाको साथले ब्राजिलको आक्रमण बलियो देखिएको छ । अर्कोतर्फ, कतार विश्वकपको सेमिफाइनलिस्ट मोरक्को ब्राजिलको यो ‘मिसन छैटौँ उपाधि’ मा पहिलो र ठुलो बाधकका रूपमा उभिएको छ ।

ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल

काठमाडाैँ । ब्राजिल र मोरक्कोको सुरुवाती ११ सार्वजनिक भएको छ । विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को यो खेल केही बेरमा सुरु हुँदैछ, जहाँ दुवै टोली ४–२–३–१ को फर्मेसनमा मैदान उत्रिँदै छन् ।

साम्बा टोली ब्राजिलको सुरुवाती ११ मा स्टार खेलाडी नेयमार जुनियर समावेश छैनन् । ब्राजिलको गोलपोस्ट एलिसन बेकरले सम्हाल्नेछन् भने रक्षापङ्क्तिमा मार्किन्होस, गाब्रियल मगलहाएस, इबानेज र सान्तोस रहेका छन् । मिडफिल्डको कमान अनुभवी कासेमिरो र ब्रुनो गुइमाराएसले सम्हाल्नेछन्। आक्रमणलाई धारिलो बनाउन विंगरमा भिनिसियस जुनियर र राफिन्हा छन् भने लुकास पाक्वेटाले अट्याकिङ मिडफिल्डको भूमिका निभाउनेछन् । नेयमारको अनुपस्थितिमा इगोर थियागोलाई मुख्य स्ट्राइकरका रूपमा मैदान उतारिएको छ।

अर्कोतर्फ, अफ्रिकी राष्ट्र मोरक्कोले पनि निकै बलियो टोली मैदान उतारेको छ। टोलीको गोलरक्षकमा अनुभवी यासिन बोनो छन् भने रक्षापङ्क्तिमा विश्व चर्चित अश्राफ हाकिमीसँगै डियोप, रियाद र माज्राउई रहेका छन् । मिडफिल्डमा ओउनाही र आयनाउईले खेल नियन्त्रण गर्नेछन् भने अग्रपङ्क्तिमा ब्राहिम डियाज, खान्नुस र बुआद्दीले ब्राजिली डिफेन्डरहरूलाई चुनौती दिनेछन्। मोरक्कोले इस्माइल साइबारीलाई मुख्य फरवार्डको रूपमा अघि सारेको छ ।

ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान

विश्वकप २०२६ अन्तर्गत बहुप्रतीक्षित खेल आइतबार बिहान ३ः४५ (नेपाली समय)मा खेलिनेछ । समूह ‘सी’ को यसै खेलबाट ब्राजिलले शक्तिशाली प्रतिद्वन्द्वी मोरक्कोविरुद्ध खेल्दै आफ्नै रेकर्ड विस्तार गर्ने छैटौँ विश्वकप उपाधिको यात्रा सुरु गर्दै छ । 

विश्वकप इतिहासकै सबैभन्दा सफल टोली भए पनि यसपटक ब्राजिललाई धेरैले उपाधिको प्रमुख दाबेदारका रूपमा लिएका छैनन् । तर, नाम नै काफी छ भनेजस्तो ब्राजिल सधैँको उपाधि दाबेदार हुने गर्छ । कत्तिको प्रमुख दाबेदार हो भन्ने कुरा यही पहिलो खेलले नै बताइदिनेछ । 

कार्लो एन्चेलोटीको टोलीलाई हालसम्मकै कम अपेक्षा गरिएको ब्राजिली विश्वकप टोलीमध्ये एक मानिए पनि भिनिसियस जुनियर, राफिन्हा र अनुभवी नेयमार जुनियरजस्ता प्रतिभाशाली खेलाडीहरूले टोलीलाई बलियो बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया