चितवन राइनोज विजयी
काठमाडौं – चितवन राइनोजले ‘डब्लुसिएल’ टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार भएको उद्घाटन खेलमा चितवन राइनोजले क्याट क्वीन काठमाडौंलाई पाँच विकेटले हरायो ।
काठमाडौंले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको चितवनले १८.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन नबाइन् ।
प्यारी चौधरीले अविजित २४, रितु कनौजियाले १४ र काजल श्रेष्ठले ११ रन बनाईन् । काठमाडौंकी इश्वरी बिष्टले दुई विकेट लिईन् । लक्ष्मी साउद, सरस्वती कुमारी र संगिता राईले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा सबै विकेटको क्षतिमा ९२ रन बनाएको थियो । काठमाडौंका लागि रश्मी चौलागाईले ३४ रन बनाईन् । सरस्वती कु्मारीले १५ रन जोडिन् । अन्य खेलाडीले दोहोरो रन रोड्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न चितवनकी सन्तोषी चौधरीले तीन विकेट लिइन् ।
रेखा रावल र कविता गौतमले दुई–दुई विकेट लिए । रितु कनौजियाले एक विकेट झारिन् । चितवनकी सन्तोषी प्लेयर अफ दी म्याच भइन् ।
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज लिगमा पाँच टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको भागमा अर्थसहित ५ र माओवादीलाई भौतिकसहित तीन मन्त्रालय
-
यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालकलाई कारबाही
-
पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट
-
उथलपुथलको पाँचौँ शृङ्खलामा ‘ग्रिस क्रान्ति’ : साम्राज्यवादविरुद्ध विश्वलाई नयाँ सन्देश दिएको त्यो क्रान्ति
-
एमाले रुपन्देहीको अधिवेशन सर्यो
-
सन्दीपको निलम्बन फुकुवा