मन्त्रालयको सङ्ख्या बढाएर मन्त्री आलेमगरको जिम्मेवारी तोकिने
काठमाडौँ । मन्त्रालयको सङ्ख्या बढाएर बागमती प्रदेशको विनाविभागीय मन्त्री रमा आलेमगरको जिम्मेवारी तोकिने भएको छ । प्रदेशमा रहेको १२ मन्त्रालयलाई १३ कायम गरी बुधबार साँझ बस्ने मन्त्रीपरिषद् बैठकले मन्त्री आले मगरको विभागीय जिम्मेवारी तोक्ने जनाइएको छ ।
मन्त्रालय विभाजन गरी मन्त्रीपरिषद् बैठकले मगरलाई जिम्मेवारी तोक्ने एक मन्त्रीले पुष्टि गरे । मन्त्री आलेमगरलाई सामाजिक विकास मन्त्रालय विभाजन गरी युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालय बनेपछि प्रदेशमा १३ मन्त्रालय कायम हुनेछ । मन्त्री आलेमगरले जिम्मेवारी तोक्ने बारेमा जानकारी आएको बताइन् ।
संसदीय समितिको सभापति चयनमा निर्वाचन हुने अवस्था देखिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेले मन्त्री आले मगरलाई जिम्मेवारी तोकेका हुन् । संसदीय समिति निर्वाचनमा मन्त्री व्यवस्थापनले समस्या देखिने भएपछि मन्त्री आलेमगरको जिम्मेवारी तोक्ने तयारी गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण