शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय

उथलपुथलको पाँचौँ शृङ्खलामा ‘ग्रिस क्रान्ति’ : साम्राज्यवादविरुद्ध विश्वलाई नयाँ सन्देश दिएको त्यो क्रान्ति

बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । उथलपुथल कार्यक्रमको पाँचौँ शृङ्खलामा यसपालि ‘ग्रिस आन्दोलन’ सम्बन्धी सामग्री प्रसारण गरेका छौँ । 

यसपालिको शृङ्खला १९औँ शताब्दीको सुरुवातमा साम्राज्यवादविरुद्ध झन्डा उठाएर ग्रिसले विश्वलाई दिएको नयाँ सन्देशमाथि केन्द्रित छ । ‘स्वतन्त्राको ग्रिस युद्ध’, जुन ‘ग्रिक क्रान्ति’का नामले पनि चिनिन्छ, त्यो एउटा वैभवशाली इतिहास बोकेको क्रान्ति थियो । 

रातोपाटी टीभीमा विश्वका महत्त्वपूर्ण क्रान्ति र सङ्घर्षसम्बन्धी कार्यक्रम ‘उथलपुथल’ प्रसारण हुँदै आएको छ । यही वैशाख ५ गतेदेखि प्रसारित कार्यक्रम हरेक बुधबार साँझ ६ बजे प्रसारण हुन्छ ।

यस शृङ्खलामा रोममा दासहरूले गरेको इतिहासकै पहिलो विद्रोह, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, राजालाई फाँसी दिने बेलायती क्रान्ति, रुसको अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिलगायत विश्व राजनीतिक इतिहासका महत्त्वपूर्ण १२ वटा ठुला क्रान्ति र सङ्घर्षहरूको नालीबेली आउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया