पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट
काठमाडौँ । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एसियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा स्थान बनाउन सफल भएका हुन् । यससँगै छनोटचरण पार गरेर ओलम्पिक खेल्ने उनी चौथो खेलाडी भए ।
यसअघि, तेक्वान्दो खेलाडीद्वय संगीना वैद्य, दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए भने केही समय अगाडि पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि पेरिस पारालिम्पिकका लागि छनोट भइसकेकी छिन् । बुधवार फाइनल अगाडि नै नेपालको टेबल टेनिसबाट ओलम्पिक खेल्ने पक्का भइसकेको थियो ।
फाइनलमा स्यान्टु र नेपालकै संयोग कपाली पुगेसँगै टेबल टेनिसको पहिलो ओलम्पियन पाउने पक्का भएको हो । स्यान्टुले श्रीलंकका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई हराउँदै फाइालमा स्थान बनाएका थिए ।
फाइनलमा स्यान्टुले संयोगलाई ४–३ ले हराए । पहिलो सेट ११–७ ले आफ्नो पक्षमा पारेका स्यान्टुले दोस्रो सेट ८–११ ले गुमाए । त्यसपछिका दुईमा सेट ११–७, ११–६ को जित निकालेका स्यान्टुले पाँचौँ र छैटौँ सेट ८–११,८–११ ले हराए । सातौँ तथा अन्तिम सेट ११–९ ले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।
महिलातर्फ माल्दिभ्सकी धिमा फतिमाअलीले ओलम्पिकमा स्थान बनाइन् । यस विधामा नेपालकै इभाना थापा सेमिफाइनलमा पराजित भएकी थिइन् । उनी श्रीलंकाकी बन्दारा बिमान्दीसँग पराजित भएकी हुन् । नवीता श्रेष्ठको यात्रा पनि क्वार्टरफाइनलमा नै रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण