ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ एक खेल अगावै फाइनलमा
काठमाडौँ । साविक विजेता एपिएफले ललितपुर मेयर्स कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै फाइनल यात्रा पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार एपिएफले ललितपुर मेयर्स–११ माथि आठ विकेटको रबाफिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
पाँच टोली सहभागी यस प्रतियोगिताको लिगमा शीर्ष दुई टोलीले फाइनलमा खेल्ने तय छ । एपिएफ लगातार तेस्रो खेलसम्म अपराजित रहँदै फाइनलमा पुग्न सफल भयो । ललितपुर मेयर्स–११ को हारसँगै एक खेल अगावै फाइनलमा पुग्न एपिएफका लागि पर्याप्त भएको । दुई खेलमा अपराजित रहँदा सुदूरपश्चिमको चार अंक छ भने समान तीन खेलबाट ललितपुर मेयर्स–११ र वागमती प्रदेशको दुई अंक छ ।
कोशी प्रदेशले तीन खेलमा एक खेल पनि जित्न सकेको छैन । बुधवार बागमती प्रदेशसँग आठ विकेटले पराजित भएसँगै कोशीको फाइनल सम्भावना समाप्त भएको हो । बागमतीको भने यो जितले फाइनल सम्भावना जीवन्त रह्यो । १३ औं ओभरमा छोट्याइएको खेलमा कोशीले ६४ रनको सामान्य लक्ष्य दियो । जवाफमा बागमतीले ११.२ ओभरमा नै मात्र दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । बागमतीको जितमा ओपनर यशु पाण्डेले सर्वाधिक २६ रन जोडिन् । उनले २३ बलमा पाँच चौका हिर्काइन् । कञ्चन श्रेष्ठ र खुशी डंगोलले समान ११ रनमा अविजित रहँदै जित दिलाए ।
कप्तान अप्सरी बेगम र हिरणमयी रोयले समान एक विकेट लिँदै किफायती बलिङ गरे पनि कोसीको हार टार्न सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीको प्रदर्शन सुखद् रहेन । कोशीले ६ विकेटको क्षतिमा ६३ रन मात्र बनाउन सक्यो । कप्तान अप्सरीबाहेक कुनैपनि ब्याटर टिक्नै सकेनन् । पाँच ब्याटर दोहोरो अंकको रन जोड्न असफल भए । ओपनर अप्सरीले ३८ बलमा ३५ रन बनाइन् । उनको इनिङमा दुई चौका र एक छक्का रह्यो । बलर सबनम राईले ७ बलमा ८ रन जोडिन् । यो नै दोस्रो ठुलो व्यक्तिगत स्कोर रह्यो ।
बागमतीको बलिङमा खुसी डंगोल र मनीषा उपाध्यायले समान दुई विकेट लिँदै कसिलो बलिङ गरे । त्यसअघि दिनको पहिलो खेलमा एपिएफकी कप्तान सीता रानामगरले अलराउण्डर प्रदर्शन गर्दै तेस्रो जित दिलाइन् । उनले ५० रनको अर्धशतकसँगै एक विकेट पनि लिइन् । ललितपुर मेयर्स–११ ले दिएको ७२ रनको लक्ष्य पछ्याएको एपिएफले ९.५ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्यो । ओपनरद्वय सीताले ५० रन र ममता चौधरीले १६ रन जोडे । यी दुई पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै जितनजिक पुर्याए ।
दसौँ ओभरमा कृतिका मरासिनीले दुवैलाई आउट गरेका हुन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले निर्धारित २० ओभर नै खेले पनि पाँच विकेटको क्षतिमा ७१ रन मात्र जोड्न सक्यो । कप्तान तथा ओपनर पूजा महतोले २४ रन र मोत्सनिका मरासिनीले २१ रन जोडिन् । त्यसबाहेक कुनै पनि ब्याटर दोहोरो अंकमा रन जोड्न असफल भए । एपिएफको बलिङमा रेखा रावल र कप्तान सीताले समान एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण