बुटवलमा सामुदायिक अस्पताल निमार्णका लागि पहल
बुटवल । रुपन्देहीको बुटवलमा सामुदायिक मुटु अस्पताल निमार्णको अभियान थालिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ वेलवासमा लायन्स क्लब अफ बुटवल बेलवास सिटीको नेतृत्वमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निमार्णको अभियान शुरु गरिएको हो ।
क्लब अध्यक्ष लक्ष्मण खड्काले स्थानीय निकायसँग समन्यन गरी बेलावसमा करिव ५ कट्ठा जग्गाको व्यावस्थापन भएको जानकारी दिए । २५ वेडको अस्पताल निमार्णका लागि अस्पताल भित्र रहने सम्पूण संरचनाको गुरु योजना तयार गरिएको छ ।
जसअनुसार ४ तले भवन निमार्ण गर्ने नक्सा निमार्ण भएको छ । अस्पताल निमार्णको लागि १० करोड लाग्ने अनुमान गरिएको छ । आर्थिक सहयोगको लागि लायन्स इन्टरनेशनल र लायन्स डिस्ट्रीक ३२५ बी २ नेपालका साथै एरिया ४ मा आर्थिक सहयोग प्रस्ताव पठाइएको छ ।
यस्तै प्रदेश सामाजिक विकास मन्त्रालय, संघीय सरकार स्वास्थ्य मन्त्रालय, बुटवल उपमहानगरपालिका लगायतका विभिन्न निकायमा पनि प्रस्ताव पठाइएको खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण