शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक

शनिबार, ३० जेठ २०८३, ०२ : ४६
शनिबार, ३० जेठ २०८३

सारांश

  • विश्वकप फुटबल समूह 'बी' को खेलमा क्यानडा र बोस्निया-हर्जगोभिनाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
  • बोस्नियाका लागि जोभो लुकिचले २१औं मिनेटमा गोल गरे भने क्यानडाका लागि साइले लारिनले ७९औं मिनेटमा बराबरी गोल फर्काए।
  • यस बराबरीले दुवै टोलीलाई विश्वकपमा पहिलो अंक दिलाएको छ र समूह 'बी' मा सुखद सुरुवात भएको छ।

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा क्यानडा र बोस्निया–हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोरन्टो स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ अंक जोड्दै विश्वकपमा आफ्नो पहिलो अंक दर्ता गराएका हुन् ।

खेलको सुरुवाती अग्रता बोस्निया–हर्जगोभिनाले लिएको थियो । खेलको २१औँ मिनेटमा इभान बासिचको पासमा स्ट्राइकर जोभो लुकिचले गोल गर्दै बोस्नियालाई १–० को स्थितिमा पुर्‍याएका थिए । पहिलो हाफमा बोस्नियाले सोही अग्रता कायम राखे पनि दोस्रो हाफको अन्त्यतिर क्यानडा खेलमा फर्कन सफल भयो ।

क्यानडाका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका साइले लारिन ‘भाग्यमानी’ सावित भए । खेलको ७६औँ मिनेटमा मैदान प्रवेश गरेका लारिनले त्यसको तीन मिनेटपछि अर्थात् ७९औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । उनलाई गोलका लागि प्रमिस डेभिडले सुन्दर अवसर सिर्जना गरिदिएका थिए ।

निर्धारित ९० मिनेटपछिको ६ मिनेट थप गरिएको इन्जुरी समयमा दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । यसअघिका विश्वकप सहभागितामा कुनै पनि अंक जोड्न नसकेको इतिहास बोकेका यी दुवै टोलीका लागि यो बराबरीले विश्वकपको इतिहासमा पहिलो अंक दिलाएको छ । यस बराबरीसँगै समूह ‘बी’ मा दुवै टोलीले सुखद सुरुवात गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप