आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अवैध रुपमा ल्याउँदै गरेको पटका पड्केर ४ जना घाइते

बिहीबार, ०७ कात्तिक २०७६, १८ : २६
बिहीबार, ०७ कात्तिक २०७६

बुटवल– रुपन्देहीमा भारतबाट पटका ल्याउँदै गर्दा विफोस्टमा परि ४ जना घाइते भएका छन् । रुपन्देहीका जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका ३ पडयीमास्थित भित्री सडकमा खण्डमा लु २० प १५ नम्बरको मोटरसाइकलका भारतबाट अबैध पटका ल्याँदै गर्दा विष्फोट भइ ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर  खत्रीका अनुसार मोटरसाइकल चालक रुपन्देहीको गौडहवा बस्ने ३२ वर्षीय अशोक यादव गम्भीर घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचारमा भइरहेको छ । उस्तै पैदल यात्री लुम्बनी सांस्कृत नगरपालिका ३  बस्ने ७० बर्षकि गुलरही मुसमान घाइते भएकी छिन् । सोही स्थानका २३ वर्षका धर्मेन्द्र भुज घाइते भएका छन् ।

उनीहरु दुवै जनाको मेडिकल कलेजमा उपचार भइरहेको छ ।  घटनामा पैदलयात्री नाम ठेगाना खुल्न नसकेकी ४५ वर्षीय महिला पनि घाइते भएकी छन् । उनलाई उपचारको लागी भारत लागिएको छ । प्रहरीले मोटरसाइकलमा ल्याउँदै गरेको १ बोरा जुत्ता चप्पल र आधा बोरा पटक बरामद गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप